‘छक्का पञ्जा–३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । हाइलाइटस नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘पहिलो नम्बरमा’ बोलको गीतमा चलचित्रका अधिकांश कलाकार फचिर्ड छन् । 

राजेन्द्र थापाको गीतमा संगीत दीपक शर्माले दिएका छन् । गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर छ । कविराज गहतराजले कोरियोग्राफ गरेका छन् । गीतमा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल , केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङसहित निर्देशक दीपाश्री निरौला पनि देखिएकी छिन् । 

दसैंमा रिलिज हुने चलचित्रको प्रचारप्रसारको सरुआत गर्दै पहिलो गीत सार्वजनिक गरिएको हो । चलचित्रमा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतको अभिनय छ । चलचित्रकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् । 

प्रतिकृया दिनुहोस

संगीत भरत मगरकाे नाचाै नाचाै लाग्ने माैलिक झ्याउरे गीत सार्वजनिक (भिडियाे सहित)

प्यूठान नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा माैलिकताकाे रस हराउदै गए भन्ने चर्चा सर्वत्र चलिरहदाँ एउटा माैलिक झ्याउरे गीत सार्वजनिक भएकाे छ

सन्ध्या के.सी.ले गितको माध्यम बाट रबि लामिछाने को यसरी तारीफ गर्दै “रबि लामिछाने जिन्दावाद ” भिडियो सहित”

 अनलाइन तहल्का  साउन १४, सल्यान । चर्चित सब्दकार सन्ध्या के.सी. को सब्दमा रहेको लोक गीत “रबि लामिछाने जिन्दावाद” सार्वजनीक भएको छ । सन्ध्या

कराेडाैंकाे क्षेती हुनेगरी सल्लीबजारमा अाएकाे बाढीकाे स्थलगत रिपाेर्ट (भिडियाे सहित)

असार २, सल्यान । सल्लीबजारको बन्गाड खोलामा बन्दै गरेको पुलका कारण जेठ २८ गते राती सल्लीबजारको गैरिबजार डुवानमा पर्यो । बर्षा सूरू भएपछि खोला नै