६४ वर्षदेखि बेपत्ता खेलाडीको यसरी शव पहिचान भयो

प्रहरीले सामाजिक सञ्जालमार्फत सोधपुछ थालेपछि ६० वर्षभन्दा बढी समयदेखि इटलीको एल्पस् पर्वतीय क्षेत्रमा हराइरहेका एक स्की खेलाडीको शवको पहिचान भएको छ । इटलीको प्रहरीका अनुसार सन् २००५ मा एओस्टा क्षेत्रमा पर्ने एल्पस् पर्वत क्षेत्रको अग्लो स्थानमा मानिसको शवको अवशेष स्की खेल्ने उपकरण र चस्मा फेला परेको थियो । उनीहरूले शवको पहिचान गर्न नसकेपछि गत महिना आफूलाई प्राप्त जानकारी तथा प्रमाणहरू सामाजिक सञ्जाल फेसबुकमा राखिदिएका थिए । एक फ्रान्सेली परिवार त्यो चस्मा हेन्री ल मास्नेले लगाएको चस्मासँग मिलेको प्रहरीलाई बताएपछि शवको फोरेन्सिक परीक्षण थालियो । चस्मा र उपकरण स्विट्जरल्याण्डको सीमा नजिकै पर्ने एल्पस् पर्वतमा ३००० मिटरको उचाइमा फेला पारिएको थियो । प्रहरीले शव करिब ३० वर्ष उमेरका युवकको भएको र उनको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकाल्यो । सबारे फ्रान्सका सञ्चारमाध्यमले प्रसारण गरेको समाचार सुनेपछि एम्मा नासेमले त्यो शव आफ्नो हराइरहेका काका, ल मास्नेको हुन सक्ने अनुमान गरिन् । उनी सन् १९९५ मा आँधी आएको बेला माटेरहोर्न क्षेत्रमा स्की खेल्ने क्रममा बेपत्ता हुन पुगेका थिए । ल मास्नेका ९४ वर्षका भाइ रोजरले पनि इमेलमार्फत आफ्ना दाजुको हुलिया बताए । उनले इमेलमा लेखका छन् “म हेन्री ल मास्नेको भाइ हुँ…उनी ६४ वर्षअघिदेखि हराइरहेका स्की खेलाडी हुन सक्छन्। उनी अविवाहित र स्वतन्त्र खालका थिए । उनी प्यारिसमा अर्थ मन्त्रालयमा काम गर्दथे ।” प्रहरीका अनुसार परिवारजनले पठाएको तस्वीरमा देखिएको चस्मा र एल्पसमा भेटिएको चस्मा मेल खायो । डीएनए अर्थात् आनुवंशिक परीक्षणबाट त्यो शवको अवशेष ल मास्नेको भएको प्रमाणित भएको इटालीको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

बालिकाको मृत्यु भएपछि घटनाले लियो उग्ररुप, विराटचौकबाट बेलेपुरसम्म निषेधाज्ञा जारी

अनलाइन तहल्का ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङको बिराटचौकमा १० वटा ट्रिपरमा आगजनी भएको छ । आक्रोशित स्थानियहरुले बिराटचौक–बिराटनगर

भान्सा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण गर्नेगरी कसले बनायो कथित उपल्लो जात

अनलाइन तहल्का पौष ८, सुर्खेत । चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । आजको अन्नपूर्ण

गर्भवती अवस्थामा नै घर निकाला भइन छ छोरी जन्माएकी झनमाया

अनलाइन तहल्का  पौष ८, जुम्ला ।  छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी