विश्वकप फुटबलपछि प्रशिक्षणमा फर्किए मेसी

रसियामा हालै सम्पन्न विश्वकप फुटबलपछि लामो समय छुट्टीमा रहेका अर्जेन्टिनी स्टार लियोनल मेसी बार्सिलोना फर्किएका छन् । विश्वकपमा नकआउट चरणको पहिलो खेलबाटै बाहिरिएका उनी करिब एक महिनाको बिदापछि क्लबको प्रशिक्षणमा फर्किएका हुन् । उनले हिजो (मंगलबार) मेडिकल गरेपछि प्रशिक्षण थालेका छन् । मेसीसँगै स्पेनका जोर्डी अल्बा, जेरार्ड पिके र सर्जियो बुस्क्वेटस् समेत विदा पछि बार्सिलोना फर्किएका छन् । प्रि-सिजन टुरका लागि अमेरिकामा रहेको बार्सिलोना मेस्सी, पिके, अल्बा र बुक्वेट्स बिनै खेलिरहेको छ । आगामी १२ अगस्टमा हुने सेभिल्ला विरुद्धको स्पेनिस सुपरकपका लागि भन्दै मेसीसहितका खेलाडीले तयारी थालेका छन् । लागिगा अन्तर्रगत बार्सिलोनाले १८ अगस्टमा घरेलु मैदान नाउ क्याम्पमा आल्भेसविरुद्ध पहिलो खेल खेल्दै लिगको सुरूवात गर्नेछ ।

प्रतिकृया दिनुहोस

इंग्लिस प्रिमियर लिग: लिभरपुलले वेस्टह्यामलाई ४–० ले पाखा लगायाे

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । अाइतबार राति भएको खेलमा लिभरपुलले वेस्टह्यामलाई ४–० को फराकिलो अन्तले पराजित गरेको हो

युवा दिवसको अवसरमा फारूलामा भलिबल प्रतियोगीता

सरिता चलाउने, अनलाइन तहल्का साउन २८, सलयान । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सल्यानको दार्मा गाउँपालीकामा मैन्त्रीपुर्ण भलिबल प्रतियोगीता

६४ वर्षदेखि बेपत्ता खेलाडीको यसरी शव पहिचान भयो

प्रहरीले सामाजिक सञ्जालमार्फत सोधपुछ थालेपछि ६० वर्षभन्दा बढी समयदेखि इटलीको एल्पस् पर्वतीय क्षेत्रमा हराइरहेका एक स्की खेलाडीको शवको पहिचान भएको