बेच्न बन्धक बनाइएका १६ नेपाली महिलाको दिल्लीबाट उद्धार  

अनलाइन तहल्का 
साउन १९, काठमान्डौं । 
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आर्कषक रोजगारीका नाममा विभिन्न देशमा बेचिन लागेका १६ नेपाली महिलाको उद्धार गरेको छ । 
    दिल्ली महिला आयोगको सहयोगमा विभिन्न देशमा घरेलु कामदारका रूपमा पठाउन भन्दै भारतको दिल्लीका विभिन्न ठाउँमा बन्धक बनाएर राखिएका ती महिलालाई उद्धार गरी सीआईबीले आ–आफ्नो घर पठाएको जनाएको छ । 
    सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता कृष्णहरि शर्माले उद्धार गरेर स्वदेश ल्याइएका १६ जना महिलासँगको प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला स्वेच्छाले विदेशमा आकर्षक कमाउने प्रलोभनमा परेर त्यहाँसम्म पुगेको पाइएको जानकारी दिए । 
    सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार ती महिलामध्ये पाँच जनाबाहेक अन्य सबै जना दोस्रो, तेस्रो र पाँचौँ पटक सोही प्रक्रियाबाट रोजगारीका लागि विदेश जान लागेको पाइयो । विदेशमा आकर्षक कमाइ हुने प्रलोभनमा परेर गएका ती महिलाको उमेर २२ देखि ४६ वर्ष रहेको छ । 
    नेपालको दलालमार्फत भारतको दलालको निगरानीमा त्यस ठाउँमा राखिएको पनि सोही अनुसन्धानका क्रममा जानकारी भएको सीआईबीले जनाएको छ । अझै केही महिला भारतको जेलमा रहेकाले उद्दारको प्रक्रिया चलिरहेको छ । 
 

प्रतिकृया दिनुहोस

रोबोट वेश्यालय खुल्यो, यस्ता काममा खप्पिस छन् ती रोवोट

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ  । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ

जानिराखौं, कुन राशि भएका व्यक्तिको यौन व्यवहार कस्तो त ।

एजेन्सी । धेरै मानिसहरुको यौन व्यवहार फरक फरक हुन्छ । यौन व्यवहारलाई फरक देखाउनुमा राशिको पनि केही भूमिका रहन्छ। राशिअनुसार कस्को यौन व्यवहार कस्तो

असल बुहारी बन्न मन छ, उपनाउनुहोस् यी तरिका

विवाह गरिसकेपछि श्रीमानको परिवारसँग राम्रो सम्बन्ध बनाउनु सबैभन्दा चुनौतीपूर्ण हुने गर्दछ। यद्यपी यो चुनौती श्रीमान् र श्रीमती दुबैको लागि हुने