पर्यटकिय स्थलको प्रचारका लागि सितापाईलामा खिर खाने कार्यक्रम

अनलाइन तहल्का
साउन १४, सल्यान ।
सल्यानको शारदा नगरपालिका २ लुहापिङ्गमा रहेको सीतापाइला धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्नेगरी विभिन्न अभियान थालिएको छ । यसै बर्ष शारदा नगरपालिकाको लगानिमा दृश्य पार्कका रुपमा विकास गरेपछि सीतापाइलामा शनिबार खिर खाएर प्रचार गरिएको छ । 
    ढुङ्गामा पाइला आकारमा कुदिएको प्रतिमा त्रेता युगमा भगवान रामकी पत्नी सीता यो क्षेत्रमा घुम्दै गर्दा उनकै पाइलाको रुपमा यो भएको धार्मीक विस्वास छ । 
    २०१६ सालमा तत्कालिन राजा महेन्द्रवीर विक्रम शाह सल्यान खलंगा भएर लुहापिङ्ग सितापाईला हुदै दाङ्ग झरेपछि यसको प्रचार प्रसार भएको पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्रवहादुर शाहले बताउछन । उनले भने- “यो पहिले यहाँ रहेको सितापाईलामा वाटो हिड्ने वटुवाले फुल चढाउने गरे पनि खासै चर्चा थिएन राजाको भम्रण पछि यसको चर्चा धेरै हुन थालेको हो ।”
सल्यान खलंगाबाट श्रीनगर झर्दा तथा चढ्दा सजिलो बाटो भएकाले पैदलमार्ग तथा मर्निङ वाकमा हिडेकाले पुजापाठ गर्नमिल्नेगरी यो स्थानलाइ बनाउने योजना अनुसार अघि बढेको शारदा नगरपालिका २ का वडा अध्यक्ष केशवसिंह श्रेष्ठले बताएका छन । 
उनले भने -'नगरपालिकाले यो बर्ष साढे ६ लाख रकम खर्चेर जिर्ण अवस्थामा रहेको सितापाईलाको पुनर्निमार्ण सुरु गरेको छ अव यसलाइ सबैमा जोडेर लिइनेछ ।" अहिले नगरले शुरूवात गरेपनि विभिन्न संस्था, व्यक्ति तथा बैकहरूसंग कुरा गरेर श्रीनगरबाट खलंगाको सितापाइलासम्म नै सिढि चढ्नमिल्ने बाटो बनाउने भन्दै उनले यो अभियानमा लागेको बताएका छन । 
पर्यटकिय क्षेत्र दृश्य पार्कको रुपमा विकास गर्न यो बर्ष प्रतिक्षालय, पानीपोखरी, विभिन्न मनोरम आकृतिहरु निर्माण गरिएको छ । सितापाईला समुन्द्री सहतवाट १ हजार २ सय मिटर उचाईमा रहेकोले यहाँवाट शारदा नदिको फाँट, स्यानीखाल, माल्नेटा, छत्रेश्वरी लगायतका ग्रामिण भेगहरु, श्रीनगर वजार र शितलपाटी गाउँ देख्न सकिने भएकाले दृश्य पार्कको रुपमा विकास गरिने छ । 
केहिदिन अघि सितापाईला आसपासको क्षेत्रमा वृक्षारोपण गरिएको थियो । शारदा नगर पालिकाका प्रमुख सुरेश अधिकारिले रुद्राक्षको बिरुवा रोपेर बृक्षारोपणको सुरुवात गरेपछि वृक्षारोपण शुरू भएको थियो । सितापाईलको पार्कमा विभिन्न फुल, दुवो लगायतका अन्य प्रजाती वृक्षारोपण गरिएको छ ।
    अज शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह, भूतपूर्ब संसद नेत्रलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्ट लगायत विभिन्न व्यक्तिले अवलोकन गर्दै खिर खाएका छन ।
 

प्रतिकृया दिनुहोस

बाँसगढी नगरपालिकालाई आधारभुत शिक्षा प्रदायक नगर बनाउदै 

रावन बिश्वकर्मा, अनलाइन तहल्का  भाद्र ३, बर्दिया ।     अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा प्रदायक नगरपालिका घोषणाका लागी बर्दियाको बाँसगढी

शुक्रबारदेखि मुलुकी ऐेनको व्यवस्थामा अपराध (संहिता) लागु हुँदै

३१ साउन काठमाडौं । शुक्रबारदेखि मुलुकी अपराध (संहिता) ऐन लागु हुँदै छ । एक वर्षअघि पारित भएको उक्त ऐनका केही प्रावधानले आफुहरुलाई अपराधीलाई जस्तो

एमाले कर्मचारी संगठनका नेताको दादागिरी, उपसचिवलार्इ कुटे, मन्त्रालयमा तोडफोड

काठमाडौ, २९ साउन । सरकारकाे नेतृत्वय गरिरहेकाे पार्टी नेकपा निकट कर्मचारी संगठनका एक नेताले सिंहदरवारमा अाइतबार ठूलाे हाेहल्ला मच्चिने गरी अातंक