पत्रपत्रिकाबाट

कृषिजन्य आयातमा भन्सार बढाउने तयारी

पाँचथर - कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ  । 

स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम चाल्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले जानकारी दिए । 

आजको नागरिक दैनिकमा समाचार छापिएको छ । उनका अनुसार संघीय र प्रदेश मन्त्रीस्तरमा यस विषयमा समझदारी भइसकेको छ । 

गोलभेँडा, दुग्ध उत्पादनको बिक्रीमा देखिएको समस्यालाई दृष्टिगत गरी आयातित सामानमा भन्सार बढाउन लागिएको हो ।

 

जोशी आजदेखि बिदामा, पेसी तोक्ने जिम्मा मिश्रलाई   

 

काठमाडौं - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा वस्नुहुने भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उहाँ बिदामा बस्न लाग्नुभएको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

साथै, रोलक्रमका आधारमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । जोशीले १ सय २० दिन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हाल्नुभएको थियो । 

जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाइँदै लगिएको बुझेको छु । आफ्नो अभीष्ट पूरा गर्न केही तत्वहरु सक्रिय भएर लागे ।’

 

'सोम' बैठकका पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ

काठमाडौं - बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सबै सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरिय अधिकारी संलग्न रहने ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) यही साउन २६ गते हुँदैछ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य पाहुनाका लागि आवश्यक पर्ने सवारी जुटाउन सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ गाडी किन्ने भन्दा पनि विभिन्न मन्त्रालय र निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन गृह मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।

विगतमा राजपरिवारले प्रयोग गरेका गाडी, ४ वर्षअघि काठमाडौंमा आयोजना भएको १८ औं सार्क सम्मेलनमा प्रयोग भएका र अन्य निकायका सुविधा सम्पन्न सवारी जुटाउन समितिले कसरत गरेको हो । १८ औं सार्क सम्मेलनताका कतारले नेपाललाई ९ वटा मर्सिडिज गाडी सहयोग स्वरुप उपलब्ध गराएको थियो । गृह मातहतको समितिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी मातहतका गाडीबारे चासो राख्दै पत्राचार गरेको बताइएको छ ।

नेपाल प्रहरीले ४, सशस्त्रले २ र गाडीको संख्या नखुलाएको सेनाले आवश्यकताअनुसार उपलब्ध गराउन सकिने भन्दै जनाउँदै जवाफ दिएका छन् ।

 

व्ययभार थपिने गरी संघीय प्रहरी ऐन

 

काठमाडौं - गृह मन्त्रालयले मुलुकलाई बर्सेनी अर्बौं रुपैयाँ बराबरको आर्थिक व्ययभार थपिने गरी प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

२०६३ पछि ल्याइएको ३० बर्षे सेवा अवधिलाई यथावत राखेर गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेश गरेको हो । 

प्रहरी प्रधान कार्यालयले पनि ३० बर्षे व्यवस्था कायम राखेरै गृह मन्त्रालयमा आफ्ना तर्फबाट सुझावसहितको प्रतिवेदन पेश गरेको थियो । 

 

 

प्रतिकृया दिनुहोस

महिलाबारे संकल्प प्रस्तावमा संसद किन सुस्त ?

बालिका तथा महिला हिंसा पीडित बालिका तथा महिलालाई सहयोग गर्ने उपायहरू समेटिएको एक संकल्प प्रस्ताव विगत चार महिनादेखि संसदमा थन्किएको भन्दै महिला

अनलाइन तहल्काकाे साथमा बिभिन्न पत्रिका

          नेपाली दलालले नै पुर्‍याउँछन् दिल्लीमा नेपाली युवती नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा

सम्पुर्ण पत्रपत्रिका २०७५ साउन १६

आजका पत्रपत्रिकाका सम्पादकीय : 'चुड्कीले आउँदैन सुशान' दुईतिहाई बहुमतिसहितको सरकार । प्रधानमन्त्री ओली र नेकपाका नेताले दाबी गरेको र विपक्षीले