अनलाइन तहल्काकाे साथमा बिभिन्न पत्रिका

 

 

 

 

 

नेपाली दलालले नै पुर्‍याउँछन् दिल्लीमा नेपाली युवती

नेपाल सरकारको अनुरोधमा भारतले वनारसको बाबतपुर विमानस्थलबाट खाडी देशमा नेपाली नागरिक जान रोक लगाएको छ ।

उद्धार गरिएका मध्ये सबैजसोले तेस्रो देश जान नेपाली दलालले दिल्ली पु-याएको बयान दिएका छन् ।

उनीहरू सुनौली, नेपालगन्जस्थित सीमाबाट दिल्ली पुगेका थिए । ‘एक हप्ताकै बीचमा ७१ जना नेपाली युवती दिल्लीमा फेला पर्नुको कारण देशभित्रै खोज्नुपर्छ, हाम्रो सीमा प्रशासनलाई प्रभावकारी बनाउनुपर्ने अवस्था देखियो,’ नेपाली दूतावासका प्रवक्ता ओडारीले टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

पछिल्ला २ वर्षमा वनारसबाट सयौँ नेपाली महिला साउदी लगिएका छन् ।,यो खबर आजको नयाँ पत्रिकामा छ

 

३२ हजार कर्मचारी हटाइँदै
 

काठमाडौं - सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । 

सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो । 

अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने भएको हो । सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कटौती गरेको छ । 

मन्त्रालयका महाशाखाहरूसमेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो । केन्द्र सरकारले सञ्चालन गर्दै आएका परियोजना प्रदेश तथा स्थानीय सरकारले सञ्चालन गर्ने भएपछि त्यस्ता आयोजनामा बजेट नै छुट्याइएको छैन ।

 

कांग्रेस ‘कमजोर प्रतिपक्षी’

काठमाडौं - सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्‌मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ । आजको कान्तिपुरको पृष्ठ ३ यो समाचार छापिएको छ ।

अहिले मुलुकमा दुई तिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भन्ने नारा लगाएको कांग्रेस अहिले पनि त्यसकै वरिपरि घुमिरहेको छ । राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक कृष्ण खनाल कांग्रेसले अधिनायकवाद आउँछ भन्दैमा मानिसले पत्याउने स्थिति नरहेको बताउँछन् ।

‘प्रतिपक्षीका रूपमा कांग्रेसले आफ्नो इस्यु (मुद्दा) नै पहिचान गर्न सकेजस्तो देखिँदैन । सरकारको विरोध गर्नुपर्छ भन्ने सनातनी परम्परा मात्रै धान्दै छ,’ उनले भने, ‘संसद्‌भित्रको परिवर्तनलाई आत्मसात गरेर कांग्रेसले भूमिका खेल्न सकेको छैन ।’

संसद् सञ्चालन भएको करिब पाँच महिनाको अवधिमा कांग्रेस धेरै ठाउँ चुकेको छ । विरोध जनाउने तर त्यसको औचित्य साबित गर्न नसकेको उदाहरण सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेसले देखाएको भूमिकाले समेत पुष्टि गर्छ । विरोध गरेर संशोधन प्रस्ताव हालेको कांग्रेसको मौन समर्थनमै नीति तथा कार्यक्रम पारित भएको थियो 

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहालः विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्

 

कास्की - गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेवा नपाउँदा आर्थिक अवस्था कमजोर भएका विरामीले महंगा नीजि अस्पतालमा उपचार गर्नु परेको छ । 

सो अस्पतालमा अहिले बाल, न्युरो, मुटु, र छातीका सर्जन विशेषज्ञ डाक्टर बिहीन छ । ति रोगका एक÷एक विशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि जनशक्ति नपाएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले बताए । अस्पतालमा सहज सेवा दिनका लागि यि विषयमा चार जनाका दरले विशेषज्ञ डाक्टरको आवश्यकता छ ।

 

 

खाडीमा रोजगारीका लागि पैसा बुझाएका महिला होटेलमा बन्धक !

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालका साथमा नेपाली चेली । उद्धार गरिएका ६८ मध्ये १६ जनालाई काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाईयो । ३६ जनालाई शनिवार दिल्लीबाट भैरहवातर्फ पठाईएको छ । बाँकी १६ जना मंगलबार दिल्लीबाट आउँदै छन् ।

 नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ ।

उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको हो । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए ।

उनका अनुसार १४ साउनमा दक्षिण दिल्लीको मुनिरकामा १६, १५ साउनमा मैदानगढीमा १६ र १६ साउनमा पहाडगन्जमा ३९ युवती भेटिएका थिए ।

पहाडगन्जमा सुरुमा ५२ जना महिला भेटिएका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

 

अब ७ दिन भन्दा बढी बैठक स्थगित गर्न नमिल्ने

काठमाडौं - चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको  समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । 

राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेका बाहेक एउटा बैठक बस्ने अवधि र अर्को बैठक बस्ने अवधिबीचको फरक सात दिनभन्दा बढी हुने गरी तोकिने छैन । राष्ट्रियसभाको बैठक सामान्यतया ११ बजे र प्रतिनिधिसभाको बैठक सामान्यतया १ बजे बस्ने छ ।’

राष्ट्रियसभाको बैठक प्रायःजसो धेरै दिनको अन्तरमा नै हुँदै आएको छ । 

 

पीडितले नै ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति

दैलेख - दैलेखी महिलाहरु बहुविवाहको चपेटामा परेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । यहाँका महिला कानुनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १–२ बच्चा जन्माइसक्छन् । आर्थिक अभावमा पारिवारिक कलह सुरु हुन्छ । त्यसपछि अधिकांशले सम्वन्धबिच्छेद गर्छन् भने धेरै बहुविवाहको पीडा भोग्न बाध्य हुन्छन् ।

प्रहरीका अनुसार एकैदिन बहुविवाह भएको ठाडो निवेदन ३–४ वटा परे पनि प्रहरीले पक्रेपछि पीडित महिलाले नै सम्बन्धविच्छेद गरेर कान्छी हुन आउनेलाई सजिलो बनाइदिने गरेका छन् । यसकारण बहुविवाहका मुद्दा मुस्किलले वर्षभरि ८–१० वटा मात्र चल्ने गरेका छन् । 

बहुविवाह जस्ता सरकारवादी मुद्दामा समेत राजनीतिक हस्तक्षेप र सामाजिक दबाब सिर्जना गरिने भएकाले आर्थिक प्रलोभनमा केही मुद्दा चल्न नसकेको अधिवक्ता गोपाल बिराजी बताउँछन् । यसले कानुन कार्यान्वयनमा चुनौती थपेको उनको ठम्याइ छ ।

 

जोशी आजदेखि बिदामा, पेसी तोक्ने जिम्मा मिश्रलाई

काठमाडौं - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा वस्नुहुने भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उहाँ बिदामा बस्न लाग्नुभएको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

साथै, रोलक्रमका आधारमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । जोशीले १ सय २० दिन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हाल्नुभएको थियो । 

जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘मैले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाइँदै लगिएको बुझेको छु । आफ्नो अभीष्ट पूरा गर्न केही तत्वहरु सक्रिय भएर लागे ।’

 

'सोम' बैठकका पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ

काठमाडौं - बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सबै सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरिय अधिकारी संलग्न रहने ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) यही साउन २६ गते हुँदैछ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य पाहुनाका लागि आवश्यक पर्ने सवारी जुटाउन सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ गाडी किन्ने भन्दा पनि विभिन्न मन्त्रालय र निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन गृह मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।

विगतमा राजपरिवारले प्रयोग गरेका गाडी, ४ वर्षअघि काठमाडौंमा आयोजना भएको १८ औं सार्क सम्मेलनमा प्रयोग भएका र अन्य निकायका सुविधा सम्पन्न सवारी जुटाउन समितिले कसरत गरेको हो । १८ औं सार्क सम्मेलनताका कतारले नेपाललाई ९ वटा मर्सिडिज गाडी सहयोग स्वरुप उपलब्ध गराएको थियो । गृह मातहतको समितिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी मातहतका गाडीबारे चासो राख्दै पत्राचार गरेको बताइएको छ ।

नेपाल प्रहरीले ४, सशस्त्रले २ र गाडीको संख्या नखुलाएको सेनाले आवश्यकताअनुसार उपलब्ध गराउन सकिने भन्दै जनाउँदै जवाफ दिएका छन् ।

 

कृषिजन्य आयातमा भन्सार बढाउने तयारी

 

पाँचथर - कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ  । 

स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम चाल्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले जानकारी दिए । 

आजको नागरिक दैनिकमा समाचार छापिएको छ । उनका अनुसार संघीय र प्रदेश मन्त्रीस्तरमा यस विषयमा समझदारी भइसकेको छ । 

गोलभेँडा, दुग्ध उत्पादनको बिक्रीमा देखिएको समस्यालाई दृष्टिगत गरी आयातित सामानमा भन्सार बढाउन लागिएको हो ।

 

व्ययभार थपिने गरी संघीय प्रहरी ऐनको मस्यौदा

काठमाडौं - गृह मन्त्रालयले मुलुकलाई बर्सेनी अर्बौं रुपैयाँ बराबरको आर्थिक व्ययभार थपिने गरी प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

२०६३ पछि ल्याइएको ३० बर्षे सेवा अवधिलाई यथावत राखेर गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेश गरेको हो । 

प्रहरी प्रधान कार्यालयले पनि ३० बर्षे व्यवस्था कायम राखेरै गृह मन्त्रालयमा आफ्ना तर्फबाट सुझावसहितको प्रतिवेदन पेश गरेको थियो । 

 

संघीयता सरकारलाई सकस, कार्यान्वयनका नाममा गुहार्यो विश्व बैंक

काठमाडौं - संघीयता कार्यान्वयनका लागि थप आर्थिक सहयोग आवश्यक परेको भन्दै सरकारले विश्व बैंक गुहार्ने भएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

संघीयता कार्यान्वयनका लागि भन्दै सरकारले बहुपक्षीय दातृ निकायका रूपमा रहेको विश्व बैंकसँग नेपाललाई दिँदै आएको आर्थिक सहायता वृद्धि गर्न आग्रह गर्ने भएको हो । 

आर्थिक सहायता वृद्धि गर्ने विषयमा छलफल गर्न अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंकको मुख्यालय अमेरिकाको वासिंटन डीसी पुगेका छन् । 

सन् २०१९ देखि २३ सम्मको पाँचवर्षे विकास साझेदार खाकालाई अन्तिम रूप दिन शुक्रबार राति अमेरिका गएका खतिवडाले विश्व बैंकसमक्ष सहयोग वृद्धिको प्रस्ताव राख्ने एक उच्च अधिकारी बताए । ‘नेपाललाई दिने सहायता वृद्धिका लागि आग्रह गर्न अर्थमन्त्री अमेरिका गएका हुन्’, ती अधिकारीले भने, ‘त्यसलाई विश्व बैंकले सकारात्मक रूपमा लिने अपेक्षा गरेका छौँ। 

 

प्रतिकृया दिनुहोस

३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला तर अझै उस्तै तुइन

धादिङ – धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका

बच्चा डोकोमा राखेर आमाले फालेपछि

संखुवासभा — खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या

नेकपाको नाममा दईवटा पार्टी कसरी दर्ता भयो ? भन्छ सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।