छोरी ! तिम्रा गोप्य अंग छोपेर राख लाज हुन्छ, तर छोरा …

कसैको मन्जुरी विना गरिने यौन क्रियाकलापलाई बलात्कार भनिन्छ । बलात्कार गर्ने व्यक्तिले छोरी मान्छेलाई डर, त्रास, लोभ लालच देखाएर जबरजस्ती गर्नुनै बलात्कार हो । पछिल्लो अवस्थामा देश भरिनै बलात्कारको घटना दिन प्रतिदिन भईरेको सुनिन्छ । कैलाली जिल्लामा सामुहिक बलात्कार गरि हत्या भएको घटना सेलाउन नपाउदै कञ्चनपुरमा एक महिनाको अवधिमै तीन जना किशोरीको बलात्कार पछि हत्या भएको छ । जुन घटनाले हरेक आमालाई छोरी कसरी जोगाउने भन्ने त्रास छ ।

महिला प्रतिनिधित्वको सवालमा नेपाल अग्रणी मूलक मध्ये पर्दछ । नेपालको संविधानको धारा ८४(८)ले प्रतिनिधि सभाको एक तिहाई महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरेको छ । यहि प्रावधानको आधारमा राष्ट्रको सर्वोच्च निकाय लगायत विभिन्न नेतृत्वदायी भूमिकामा महिलाहरुको उपस्थिति सम्भव भएको छ । जुन समाबेशीताको वकालत गर्ने समाजको सुखद पक्ष हो । त्यसको वावजुत पनि विगत केही वर्षदेखि देशको विभिन्न भागहरुमा लैंगिक हिंसा, बलात्कार, हत्या जस्ता घटनाहरु दिनप्रतिदिन भयावहरुपमा बृद्धि हुदै जानुको पछाडी के होला भन्ने तिर कसैको ध्यान जान नसकेको हो कि !

कैलाली जिल्लामा मात्रै आर्थिक वर्ष २०७३/०७४ मा जवरजस्ती करणीका ३० घटनाहरु सार्वजनिक भएका थिए भने २०७४/०७५ मा ४१ घटना सार्वजनिक भएको छ । त्यसै गरि ओरेक नेपालको केन्द्रीय तथ्यांक अनुसार २०७४/०७५ मा २३० बलात्कारका घटना सार्वजनिक भएको छ । जसमा १८ वर्ष मुनिका १६८ र सो भन्दा माथिका ६२ जना रहेका छन् । तथ्यांक अनुसार सामुहिक बलात्कार ३२ वटा बलात्कारको प्रयास ५३ वटा र यौन दुव्र्यवहार ४२ वटा रहेको छ । सो तथ्यांकलाई हेर्दा १८ वर्ष मूनिका बालिका तथा किशोरीहरु बलात्कार जस्ता जघन्य अपराधका लक्ष्य भित्र पर्ने भएकोले यस्ता अपराधका घटनाहरु नियन्त्रण गर्ने राज्यको दायित्व हो । राज्यसंगै विभिन्न संघ संस्था, नागरिक समाज, परिवार र हरेक व्यक्ति महिला र बालबालिकाको लागि सुरक्षित समाज निर्माण गर्न प्रतिवद्ध हुनुपर्छ । यस्ता जघन्य अपराधका घटनाहरु प्रति हरेक व्यक्ति सम्बेदनशिल भएर महिला तथा बालिकाहरुको सम्मान गर्न ‘म’ बाट शुरुवाट गर्न आवश्यक देखिन्छ ।

बलात्कारका घटनाहरू आधुनिक युगका उपज होइनन् । आदिम कालदेखि बलात्कारका घटनाहरु घट्दै आएको देखिन्छ । तर प्राचीन समयमा भन्दा आधुनिक युगमा यस्ता घटनाहरू निकै बढ्दै गएका छन् । यसका पछाडी सामाजले लाडिदिएका कारणहरुले पनि बलात्कार गर्ने मानसिकता बोकेका व्यक्तिहरुले प्रसय पाएको हुन सक्छ । हाम्रो नेपाली समाजमा हाल सम्म सुन्नमा आएको बलत्कारका घटनाहरूबाट छोरी मान्छे नै पीडित भएका छन् । छोरी जन्मेदेखि नै परिवारले उस्लाई गर्ने हेरचाहमा फरकपना हुन्छ । छोरी विस्तारै हुर्किदै जान्छिन् र परिवारले उसलाई दिने शिक्षा छोरा मान्छेको भन्दा फरक हुन्छ । छोरी मान्छे धेरै हाँस्नु हुदैन, छोरी मान्छे सहनशिलता हुनुपर्ने, छोरी मान्छे दयालु हुनु पर्ने, छोरी मान्छे लजालु हुनु पर्ने इत्यादी धेरै शिक्षाबाट शिक्षित हुदै हुक्रिरहेकी हुन्छिन् । अभिभावकले यति सम्मको शिक्षा दिन भ्याउँ कि छोरी तिम्रो हरेक यौनांगमा इज्जत छ त्यसलाई सम्हालेर राख ⁄ तिम्रो हरेक गोप्य अंग छोपेर राख लाज हुन्छ । तर छोरा मान्छेलाई यो सबै शिक्षा दिनुको सत्ता जस्त उल्टो छ । छोरा मान्छे रुनु हुदैन, सहासी हुनुपर्छ, बहादुर हुनुपर्छ, बंशको नाम राख्नुपर्छ, खुट्टा भए जुत्ता जति पनि पाइन्छ आदि…… । छोरी मान्छेलाई घर बाहिर जानु भन्दा अगाडी अभिभाव तथा परिवारसंग अनुमति लिनुपर्ने तर छोरा मान्छेलाई जहाँ गए पनि छुट हुने यो शिक्षा पछाडीको परिणाम के हुने हो भन्ने कुराको परिकल्पना हामी कहिल्यै गर्न सकेनौ जस्ले गर्दा स्वयं हामी र हाम्रो समाज पनि कहि न कहि दोषी छ ।

थुप्रै सामाज शास्त्रीहरूले भन्ने गर्दछन् कि बलात्कारलाई एक जघन्य अपराध मात्र होइन कि एक अस्वस्थ समाज, जहा“ महिलामाथि डर धाक देखाउने तथा महिलालाई अनादर गर्ने गरिन्छ, यो पनि लक्षण हो । अर्को कुरा हाम्रो जस्तो समाजले यस्ता घटनालाई लुकाउन नै ठीक ठान्छ । यसरी बलात्कारका घटनालाई लुकाउने प्रवृत्तिका कारण बलात्कारीको मनोबल बढ्ने गर्छ । सामान्यतयाः कुनै व्यक्ति बलात्कार गर्न त्यस समय उत्तेजित हुन्छ, जब उसमा यौन उत्तेजना धेरै देखिन्छ । तर यौन उत्तेजना मेट्ने साधन प्राप्त हु“दैन । वास्तवमा पुरुषले महिलालाई यौन सन्तुष्टिको साधन मानेकै कारण नै बलात्कारको घटना घट्ने गर्छ । मनोवैज्ञानिक दृष्टिमा बलात्कारका अनेक कारण हुन्छन् । मानसिक विचलन, अब्सेसन तथा व्यक्तित्व विकारहरूका कारण पनि मानिसले बलात्कार गर्छन् । पुरुषमा हुने पुरुषत्वको अहंकार पनि एक प्रमुख कारण हो ।

तर जब एउटा छोरी बलात्कृत हुन्छ अनि हाम्रो सामाज छोरी मान्छेकै गल्ती देख्न थाल्छ । छोटो पहिरन र मेकअप त एकदमै आरोपित हुन्छ । एक कार्यक्रममा सहभागिहरुले भनेका थिए ‘मलाई छोटो लुगा मन पर्छ र म त्यो कपडा लगाएर बाहिर हिडडुल गर्छु, यस्को मतलब यो होईन कि मलाई रेप गर ! बरु राज्यले महिला घर भित्र वा बाहिर कसरी सुरक्षित भएको महशुस गर्छन् भन्ने खालको शिक्षा नीति ल्याउन आवश्यक छ ।’

अपराध गर्ने मानसिकता भएको पुरुष यौन प्राप्तिको लागि जहिले आफू भन्दा कमजोर मानिसलाई निसाना बनाउँछ। हाम्रो मुलुकमा पितृसत्तात्मक सोच पनि जिम्मेवार छ । यहाँ लोग्नेले गर्ने जबर्जस्तीलाई कहिल्यै बलात्कार मानिँदैन। किनकी यसलाई पुरुषत्तो र नैतिक अधिकारभित्र पर्ने निजी सम्पत्तिको रूपमा व्याख्या गरिन्छ। महिलाहरु सामाजिक परिबन्धमा बाँधिएका हुन्छन् उनीहरुलाई समाजले लगाउने आरोप कस्तो आईमाई, लोग्नेलाई खुसी पार्ननसक्ने ? जसले गर्दा हरेक श्रीमति कुनै न कुनै बेला श्रीमानबाट बलात्कृत भईरहेको हुन्छ तर घट्ना सार्वजनिक हुदैन ।

पछिल्लो अवस्थामा बाबुले छोरीलाई, काकाले भतिजीलाई, शिक्षकले विद्यार्थीलाई, मामाले भान्जीलाई, मालिकले काम गर्नेलाई, छिमेकीले छिमेकीकै छोरीलाई, शक्तले अशक्तलाई, सुरक्षाकर्मी मनुवाहरुबाट पनि छोरीहरु बलात्कार भईरहेको घट्ना सार्वजनिक भैरहेको छ । बच्चालाई प्रश्न गर्दा सबै भन्दा विश्वाशिलो पात्र घरमा आमा बुवा भन्छन्, त्यस पछि अरु जोडिदै जान्छन् । तर यहाँ छोरीहरु बुवाबाट पनि सुरक्षित छैनन् भने अब सुरक्षाको निकाय कहाँ गएर खोज्ने होला ?

यौन उत्तेजना त महिला पुरुष दुबैलाई हुने प्राकृतिक नियम हो । तर पछिल्लो अवस्थामा घर बाहिर काम गर्ने छोरी मान्छेलाई बिग्रेको केटी भन्दै कुरा काट्ने चलन पनि नबढेको होईन । त्यो केटी त विग्रेकी रे ! छोरा मान्छे झै बाहिर काम गर्छ, त्यस्तो केटीसंग बिबाह गर्नु हुन्न आदि । जबकी छोरा मान्छे आदिम कालदेखि नै घर बाहिरको काम गर्छन् । यदि त्यसो हो भने त छोरा मान्छे कति विग्रेको होलान् एक चोटी कल्पना गरौ न । छोटो कपडा लगाएकै कारण यदि छोरी मान्छे बलात्कृत हुन्छ भने छोरा मान्छे पनि त कट्टु र गन्जी लगाएर हिडिरेका हुन्छन्, तिनीहरु किन बलात्कृत हुदैन् ? जबकी यौन उत्तेजना त विपरित लिंगबाट नै हुने हो । अनि महिला मात्रै किन सधै भरि बलात्कारको सिकार बन्छन् भन्दा महिलामा सहनशिलताको शक्ति कति ठूलो हुन्छ भन्ने कुराले पुष्टि हुन्छ । पुरुषमा एकदमै हिंसात्मक प्रवृति । अब पुरुषले पनि सहनशिलताको शक्ति महिलाबाटै सिक्नु पर्छ । होईन भने पुरुषको यौनजीवन सहज छैन ।

के छ कानुनी व्यवस्था ?

मुलुकी ऐनको महल १४ (जबरजस्ती करणीको महल)

कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा २० वर्ष भन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी गरेको ठहरिनेछ । यसमा थप स्पष्ट पार्दै मुलुकी ऐन भन्छ, ‘डर, त्रास देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी, शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिनेछैन ।’ यस्तै ‘होस ठेगानमा नरहेको अवस्थामा लिइएको मञ्जुरीलाई पनि मञ्जुरी मानिनेछैन ।’

यसैगरी, दस वर्षभन्दा मुनिकी बालिकालाई जबरजस्ती करणी गरेको ठहरिए १० देखि १५ वर्षसम्म, १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरिएमा ८ देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यस्तै, १४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्ष सम्म, १६ वर्षदेखि २० वर्षसम्म उमेर समूहकी महिला भए पीडकलाई ५ वर्षदेखि ८ वर्षसम्म, २० भन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको ठहरिए ५ देखि ७ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यसका अतिरिक्त हाडनाता करणी र कसैले गर्भवती, अशक्त, अपांगता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षणमा रहेकी महिलालाई जबरजस्ती करणी गरेको ठहरिए थप सजायको व्यवस्थासमेत गरिएको छ ।

प्रतिकृया दिनुहोस

नवरात्र र विजयादशमी

राम प्रसाद धिताल राणअनुसार वर्षमा चारवटा नवरात्रका विधान छन् तीमध्ये शारदीय (आश्विन शुक्ल पक्षमा पर्ने) र (वासन्ती चैत्र शुक्ल पक्षमा पर्ने)

कर्णाली प्रदेशको समृद्धि, हाम्रै पालामा

–धिरज भण्डारी प्रधानमन्त्री के.पी शर्मा वली ले प्रर्यटन बर्ष २०१८  सुरु गदैँ मुगुको राराबाट  भनेका थिए “सुख नेपाली समृद्धि नेपाल” त्यही मौका

दर्जनौ नेता जेलमा राखेर वार्ता गरौ भन्ने सरकारको ठूलो दमनको तयारीः सन्तोष बुढा

अनलाइन तहल्का असोज १३, काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले वार्तालाई भित्रभित्रै षड्यन्त्र र बाहिर देखाउने