अारती टेक्निकलले इन्ट्रान्स अघि नै ६० हजार मागेकाे सार्वजनिक

अनलाइन तहल्का 

साउन २१, सल्यान ।

सल्यानकाे श्रीनगरमा रहेकाे अारती टेक्निकल ईन्स्टिच्युले विद्यार्थीहरूबाट ६० हजार माग्दै प्रबेशीका परिक्षा (इन्ट्रान्स) मा नाम निकालिदिने तथ्य सार्वजनिक भएकाे छ ।

CTEVT  बाट मान्यता प्राप्त भएकाे अारती टेक्निकल ईन्स्टिच्युले साेमबार राेकिएकाे प्रबेशीका परिक्षामा ६० हजार दिए जुनसुकै विद्यार्थीकाे नाम निकालिदिने भन्दै माेटाे रकम मागेकाे हाे । भेटनरी जेटिएमा करिब २०० जना भन्दा धेरैले फारम भरेकाे अारतीमा ४० जनाकाे काेटा रहेकाे छ । उक्त ४० जनाकाे काेटामा पर्नकाे लागि अहिले सल्यान लगाएत बाहिरी जिल्लाबाट SEE दिएका विद्यार्थीहरू अाएका छन् ।

सरकारी तथा निजि विद्यालयबाट राम्राे जिपिए नम्बर ल्याएर पढ्छु भन्दै गाउँबाट सहर झरेका विद्यार्थीहरू सुरुमै प्रबेशीका परिक्षामा ६० हजार घुस मागेपछि पढाइदेखि हरेस खाएर याे कुरा हाम्राे कार्यालयमा अाएर सार्वजनिक गरेका हुन्र  । नाम गाेप्य राख्ने सर्तमा एक विद्यार्थीले भने – “भेटनरी जेटिएकाे लागी प्रबेशीका परिक्षामा नाम निकालिदिन्छाैँ भन्दै संचालक दुर्गा भण्डारीले हामीबाट ६० हजार घुस मागेका छन् ।”

उक्त विद्यार्थीले हामीलार्इ दिएकाे अडियाे रेकर्डरमा पनि प्रस्ट सुनिन्छ- संचालक दुर्गा भण्डारीले ६० हजार रुपैयाँ दिएपछि ढुक्क सँग इन्ट्रान्समा नाम निकालीदिने बताएका छन् । उनले भनेकाे छन् -” तपार्इ हामीलार्इ ६० हजार रुपैयाँ दिनुहाेस्, हामी ढुक्कसँग नाम निकालिदिन्छाैँ, तपार्इ इन्ट्रान्स नै दिनुपर्दैन् ।”

त्यसैगरी अर्का नाम गाेप्य राख्ने विद्यार्थीका अनुसार साेमबार इन्ट्रान्स राेकिएपछि अारती टेक्नीकलले एक्कासी अाफुरुलार्इ फाेन गरेर कार्यालयमा बाेलाएकाे र नाम निकाल्नु छ भने ६० हजार दिए निस्किन्छ । त्यसैगरी याे कुरा अरु विद्यार्थीलार्इ भन्नु तर बाहिर अावट नगर्नु भनेकाे बताए । उनका अनुसार नाम निस्किएपछि एकदुर्इ महिना अारती मै पढ्ने र पछि बाहिर पढ्नु पर्ने बताइएकाे छ । ति विद्यार्थीले भने-“हामी गाउँदेखि SEE मा राम्राे नतिजा ल्याएर पढ्छाैँ भन्दै सहर अायाै तर यहाँ शिक्षामा पनि घुस चल्दाे रहेछ ।” पहिले स्कलरसिपमा नाम निकाल्न पनि काेटा छ भनेकाे तर अहिले अाएर त्याे पनि छैन् भनेकाे उनिहरुले बताए ।

प्रतिकृया दिनुहोस

घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान

अनलाइन तहल्का झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् ।

गाउँपालिकाले सिफारिस नदिँदा शिक्षाबाट वञ्चित

अनलाइन तहल्का झापाको कचनकवल गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा विभेद गर्न थालेको छ। गाउँपालिकाले प्राविधिक

६५ वर्षीय हजुरबुवाबाट पाँच वर्षिय बालिका बलात्कृत

अनलाइन तहल्का   अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिकामा आफ्नै हजुरबुवाबाट ५ वर्षीय नातिनी बलात्कृत भएकि छिन् ।  शुक्रबार डिभर्ना अमिले