प्रदेशको नाम र स्थायी राजधानीमा कहाँ भैरहेछ लफडा

अनलाइन तहल्का
साउन २३, काठमान्डौं । 
    देशको नाम र स्थायी राजधानी तोक्नमा ढिलाई भएको छ । अस्थाई नाम र राजधानी तोकिएको भए पनि प्रदेश सभाको दुई तिहाई बहूमतले प्रदेशको नाम तथा स्थायी राजधानी अनुमोदन गर्नुपर्ने हुन्छ । तर प्रदेशसभाको बैठक बस्न थालेको ६ महिना कटिसक्न लाग्दा २ ओटा मात्रै प्रदेशले आफ्नो नामाकरण गरेका छन् । 
    प्रदेश नम्बर ७ ले नाम र राजधानीको टुङ्गो लगाउन गठित समितिको समय एक साता थप गरेको छ । प्रदेश नम्बर १, २, ३ र ५ ले केही छलफल चलाए पनि निर्णय हुन सकेको छैन ।     
    प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अबको केही दिन भित्रै प्रदेशको नामाकरण भैसक्ने दावी गरे ।  प्रदेश नम्बर २, ३ र ५ मा भने प्रदेशको नाम तथा राजधानी तोक्ने विषयमा औपचारिक रुपमा छलफल भएको छैन । 
    प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहाले सबै पार्टी र नेताको सहमतिमा प्रदेशको नाम तथा राजधानी तोक्नुपर्ने भएकाले ढिलाई भैरहेको बताए । उनका अनुसार अहिले सम्म यस बिषयमा औपचारिक छलफल भने भएको छैन । 
    प्रदेश नम्बर ३ मा अहिले प्रदेशसभा सञ्चालनमा नरहेकाले सभा शुचारु भएलगत्तैबाट यो बिषयमा औचारिक छलफल हुने मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले अहिलेसम्म प्रदेशमा यो विषयमा औपचारिक छलफल भएको छैन । 
    प्रदेश नम्बर ७ का सामाजिक विकासमनत्री दीर्घ सोडारीले आउदो हप्ता भित्रमा प्रदेश नम्बर ७ ले आफ्नो नाम र राजधानी पाईसक्ने दावी गरे । कर्णाली र गण्डकी प्रदेशले भने आफ्नो नामाकरण गरिसकेका छन् ।  
 

प्रतिकृया दिनुहोस

नेविसंघ बाँकेका नेता देवकोटा माउपार्टी काग्रेश नेताबाटै कुटिए

बाँके । नेपाली काँग्रेस बाँकेका नेता एवम् पूर्व सांसद मैकुलाल बाल्मिकीले नेविसंघ नेता चन्द्रप्रकाश देवकोटालाई कुटपिट गरेका छन् । सोमबार

प्रकाण्डलाई रिहाईको माग गर्दै सर्वोच्चमा पुनः रिट दर्ता

अनलाइन तहल्का  भदौ ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानूनी ढंगले

पत्रकार महासंघ आन्दोलित, जिल्लाहरूमा मागपत्र, प्रदेशमा अन्तरक्रिया

अनलाइन तहल्का  काठमाडौं ३ भदाै ।  यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी ९देवानी० संहिता २०७४ तथा गोपनीयताको