जाँदाजाँदै के भने सल्यानका प्रहरी प्रमुख DSP विक ले ? 

अनलाइन तहल्का 
साउन २३, सल्यान । 
    सल्यानमा केहि सार्वजनिक अपराध बढेको देखिएपनि समाजमा शान्ती सुरक्षाको राम्रो व्यवस्थापन भएको प्रहरीले बताएको छ । 
    पछिल्लो ३ बर्षको तथ्यांकलाई हेर्दा सल्यानमा मुद्धाका संख्यामा वृद्धि भएको भएता पनि गल्तीगर्नेहरु कानुनको दायरामा आएको प्रहरीले बताएको हो । पछिल्ला ३ बर्षलाई हेर्दा सल्यानमा विभिन्न मुद्धाहरुमा २०७२÷०७३ मा १ सय ३४, ७३÷७४ मा १५७ र गत आर्थिक बर्षमा १ सय ९५ मुद्धाहरु दर्ता भएको प्रहरीले बताएको हो ।  
    सल्यानबाट सरुवा भैसकेका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक भरत बहादुर विकले बोलाएको पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त कुराको जानकारी दिएका हुन । अघिल्लोबर्ष भाद्र १४ गते सल्यान आएको उनले जिल्लामा आफ्नो कार्यकालमा भएका गतिविधिका बारेमा पनि जानकारी गराएका थिए । 


उनले सल्यानका पत्रकारले कमजोरीमा खबरदारी र राम्रो कामको प्रचार गरेर राम्रो काम गरेको भन्दै धन्यवाद दिएका थिए । उनले आफुले कैदिबन्दि बस्ने स्थान सुधार गरेको समाचार प्रचार गरेर सबै स्तरका संचारमाध्याममा ल्याइदिएकोमा पनि खुशी भएको भन्दै आगामी दिनमा पनि सहयोगको गर्न अनुरोध गरेका थिए । 
एकबर्षमा उनि सल्यान आएपछि दार्मामा क श्रेणीको इलाका प्रहरी कार्यालय, कपुरकोट र थारमारेमा नयाँ प्रहरी विट र सल्यानको पर्यटकिय स्थल कुपिण्डेमा प्रहरी चौकीको व्यवस्था गरिएको छ । विक सल्यान आएपछि लागु औषद तथा मदिराका कारण विभिन्न घटना बढ्ने भन्दै त्यसको रोकथामको लागि विभिन्न अभियान चलाएका थिए । 
उनि जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर सरुवा भएका छन भने सल्यानमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवारमा कार्यरत विरेन्द्र बहादुर शाही आउनेछन ।

प्रतिकृया दिनुहोस

सल्यानमा ६८ बर्ष पुरानो हाइस्कुलको बार्षिकोत्सव 

अनलाइन तहल्का  भाद् ४, ,सल्यान ।      सल्यानको पुरानो विद्यालय त्रिभुवन जन माध्यमिक विद्यालयले आफ्नो ६८ औं बार्षिकोत्सव मनाएको छ ।    

सार्वजनिक चासोको विषय पारदर्शी हुनुपर्छः प्रजिअ ढकाल 

अनलाइन तहल्का  भाद्र ३, सल्यान ।  सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सार्वजनिक चासो कामलाई खुला र पारदर्शी बनाउनुपर्ने बताएका छन

पहिरोको उच्च जोखिमा गैरागाउँ, भेरीमा आएको वाढिले फेरी वगायो 

दुर्गा वि.सी., अनलाइन तहल्का  भाद्र २, सल्यान ।      सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा ६ भाखर्कको गैरागाउँ पहिरोको जोखिमा परेको छ । घर देखि