ढुक्क भएर नेपालमा लगानी गर्न सरकारको आह्वान

अनलाइन तहल्का 
साउन २३, काठमान्डौं । 
    सरकारले नयाँ संविधान र त्यसका प्रावधान अनुरुप सम्पन्न निर्वाचनबाट सुविधाजनक बहुमतको स्थिर सरकार गठन भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानी कर्तालाई आह्वान गरेको छ । 
    अन्तराष्ट्रिय  वित्त संस्था र वासिङ्टन डिसीस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको लगानी कर्ताको सम्मेलनमा नेपालको संविधान र कानूनले समेत लगानी कर्ताको निजी सम्पत्ति संरक्षणको सुनिश्चितता गरेकाले नेपालमा उपलब्ध अवसरको फाइदा लिन लगानीकर्तालाई सरकारले आह्वान गरेको हो ।  
    अन्तराष्ट्रिय लगानीकर्ता माझ अर्थमन्त्री युवराज खतिवडाले विदेशी लगानी, कर तथा श्रम कानून लगानी मैत्री रहेका र लगानी बोर्डमार्फत एकल बिन्दुबाट सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिए । नेपाली दूतावासका अनुसार मन्त्री खतिवडाले नेपालको ‘कर्पोरेट’ करको दर प्रतिस्पर्धात्मक रहेकाले उच्च प्रतिफल प्राप्त हुने, ऊर्जा, यातायात, पूर्वाधार तथा पर्यटन व्यवसाय र पर्यटन पूर्वाधारका क्षेत्रमा अझ बढी प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । 
     विश्व बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले लगानीका निम्ति नेपालमा अभूतपूर्व अवसर रहेका भन्दै आश्वस्त भएर पूँजी परिचालन गर्न आह्वान गरे । 
 

प्रतिकृया दिनुहोस

चौरपाटीमा रिचार्ज पोखरी निर्माण गरिने

कालु बोहरा, अनलाइन तहल्का  भाद्र ३, अछाम ।              अछामको चौरपाटी गाँउपालिकाले गाउपालिकाका सवै वडामा रिचार्ज पोखरी निर्माण गर्ने भएको

कुमाख पहिरोमा १७ परिवारका १ सय बढि विस्थापित, विस्तापित कहाँ बसे ? 

अनलाइन तहल्का  भाद्र ३, सल्यान ।      सल्यान कुमाख गाउँपालिकामा पहिरोका कारण १७ घरपरिवार विस्थापित भएका छन् । गत शुक्रवारदेखी लगातार परेको

शारदा नगरले सर्वसाधारणलाई कर चर्को लाउदैनः सुरेश अधिकारी

अनलाइन तहल्का भदौ २, सल्यान । सल्यानको शारदा नगरपालिकाले सर्वसाधारणहरुको लागि चर्को कर नलगाउने नगरप्रमुख सुरेश अधिकारीले बताएका छन् ।  देशभरीका