अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

रूकुम , साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ ।

जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो ।

दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पतालमा उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो ।

पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट बन्चित छन् ।

गत आइतबार जाजरकोट, कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारकाक्रममा अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै पीडितपक्षले शव बुझ्न मानेको छैन ।

मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३, कुदुकी २८ वर्षीया यशुदा मल्ल ‘आरसी’को गलत सुइको प्रयोगले मृत्यु भएको भन्दै पीडितपक्षले उचित क्षतिपूर्ति र राहतको माग गरिरहेको छ ।

उनको शव पाँच दिनदेखि अस्पतालमै छ । समयमा आफन्तले शव नबुझ्दा गन्हाउन थालेको छ ।

घटनाका कारण अस्पतालको उपचार सेवासमेत प्रभावित भएको छ । रासस

प्रतिकृया दिनुहोस

घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान

अनलाइन तहल्का झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् ।

गाउँपालिकाले सिफारिस नदिँदा शिक्षाबाट वञ्चित

अनलाइन तहल्का झापाको कचनकवल गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा विभेद गर्न थालेको छ। गाउँपालिकाले प्राविधिक

६५ वर्षीय हजुरबुवाबाट पाँच वर्षिय बालिका बलात्कृत

अनलाइन तहल्का   अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिकामा आफ्नै हजुरबुवाबाट ५ वर्षीय नातिनी बलात्कृत भएकि छिन् ।  शुक्रबार डिभर्ना अमिले