समान कामको ज्याला किन फरक ? विद्यालय कर्मचारी अान्दोलनमा 


विद्यालयका कर्मचारीहरूको संगठन यतिबला संघर्षमा केन्द्रित रहेको छ । नेपाल विद्यालय कर्मचारी परिषदका नाममा उनिहरूले विहबार देशभर जिल्ला सदरमुकाममा अन्तरक्रिया गरेका छन । सल्यानमा पनि संघिय सरकारको दायित्व सामुदायिक बिद्यालयका कर्मचारीहरुको स्थायित्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
सामुदायिक बिद्यालयका कर्मचारीहरुलाई राज्यले हेला गरेको वबताउदै नेपाल बिद्यालय कर्मचारी परिषदका केन्द्रिय उपाध्यक्ष राम प्रकाश कुमाइले अव सहेर नबस्ने बताएका थिए । उनले समान काम गर्ने समान हैसियतका कर्मचारीको सुविधा समान हुनुपर्ने भन्दै त्यसकै लागि अन्दोलन गर्नुपरेको बताएका थिए । 
अन्तरक्रिया कार्यक्रममा विभिन्न पेशागत संगठन तथा सरोकारवाला निकाय र पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरू कर्मचारीहरूले राज्यले अफुहरूका मुद्धालाइ पनि सहि ढंगले सम्बोधन गर्नुपर्ने बताएका थिए । 
 नेपाल बिद्यालय कर्मचारी परिषदले यही साउन २५ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय ईकाइ कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, साउन ३० गते स्थानीय गाउँ तथा नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आन्दोलनका कार्यक्रमवारे जानकारी गराउनुको साथै राय सुझाव संकलन गर्ने, साउन ३१ गते केन्द्रिय समितिले पेश गरेको ज्ञापन पत्रमा स्थानीय स्तरका मागहरु समावेश गरि स्थानीय गाउँ तथा नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने, उक्त कार्यक्रमवाट सरकार सकारात्मक नदेखिए आगामी भदौं ३ र ४ गते देशभरिका सामुदायिक विद्यालय बन्द गरि भदौ ७ गते काठमाण्डौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी गराईएको थियो ।
विद्यालय कर्मचारीको रूपमा लेखा तथा गणित विषय पढेकाहरूको परिक्षा गराउदा लेखापाल भनेर भनिए पनि विद्यालय कर्मचारीलाइ अहिले विद्यालयमा निश्चित अनुदान दिएर विद्यालयका काममा लगाएको छ । त्यस्तै कार्यालय सहयोगीहरूलाइ पनि न्यून पारिश्रमीकमा काम लगाइएको छ । 
 

प्रतिकृया दिनुहोस

नेविसंघ बाँकेका नेता देवकोटा माउपार्टी काग्रेश नेताबाटै कुटिए

बाँके । नेपाली काँग्रेस बाँकेका नेता एवम् पूर्व सांसद मैकुलाल बाल्मिकीले नेविसंघ नेता चन्द्रप्रकाश देवकोटालाई कुटपिट गरेका छन् । सोमबार

प्रकाण्डलाई रिहाईको माग गर्दै सर्वोच्चमा पुनः रिट दर्ता

अनलाइन तहल्का  भदौ ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानूनी ढंगले

पत्रकार महासंघ आन्दोलित, जिल्लाहरूमा मागपत्र, प्रदेशमा अन्तरक्रिया

अनलाइन तहल्का  काठमाडौं ३ भदाै ।  यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी ९देवानी० संहिता २०७४ तथा गोपनीयताको