स्थानिय सरकारसंग काम गर्न सजिलो छैन : प्रजिअ घिमिरे

 अनलाइन तहल्का
साउन २५, सल्यान ।
स्थानिय सरकारसंग काम गर्न असहज भएको कर्मचारीहरूले बताइरहेका बेला सल्यानका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले त्यसको फेरी खुलासा गरेका छन । 
स्थानिय रूपमा सरकारको रूपमा उहाँहरूलाइ अधिकार छ वरियता पनि त्यस्तै बनाइएको छ उनले भने - त्यसकारण एउटा प्रशासकले प्रशासन चलाउन कठिन छ । अहिले मन्त्रालयमा सरूवा भएर हिड्ने तयारीमा रहेका घिमिरेले पत्रकारसंग उक्त कुराको खुलासा गरेका हुन । 
    ९ महिना सम्म सम्म जिल्लामा रहेर काम गरेका उनले पत्रकारसंगको कुराकानीका क्रममा उक्त कुरा उल्लेख गरेका हुन । उनले पत्रकारले सल्यानमा रहदासम्म सहयोग गरेको भन्दै समाजका नकारात्मक पक्षलाइ पनि सकारात्मक तरिकाले सम्प्रेशन गर्न अनुरोध गरेका थिए ।   
    भेटघाटमा उनले सल्यानमा गत अार्थिक वर्ष २०७४/७५ मा ८ हजार ८ सय ५६ नागरिकता वितरण गरिएको जानकारी दिए । ७ हजार ४ सय ६१ बंशजको अाधारमा, १ हजार ३ सय ९४ प्रतिलिपी र १ अाटा बैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको उनले जानकारी दिए ।
उनले मानव वेचविखनको जोखिममा रहेको सल्यानमा पत्रकार तथा अन्य पक्षले त्यसतर्फ ध्यान दिन अनुरोध गरेका थिए । 
सल्यानबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरूवा भएपछि विभिन्न व्यक्तिहरूले भेटेर विदाइ गरेका छन । 
विहिबार मात्रै निर्माण व्यवसायी संघ कर्णाली प्रदेशका महासचिव डिल्ली प्रकाश केसीले दुवैलाइ भेटेर सम्झना स्वरूप मायाको चिनो प्रदान गरेका छन । 


 

प्रतिकृया दिनुहोस

सल्यानमा ६८ बर्ष पुरानो हाइस्कुलको बार्षिकोत्सव 

अनलाइन तहल्का  भाद् ४, ,सल्यान ।      सल्यानको पुरानो विद्यालय त्रिभुवन जन माध्यमिक विद्यालयले आफ्नो ६८ औं बार्षिकोत्सव मनाएको छ ।    

सार्वजनिक चासोको विषय पारदर्शी हुनुपर्छः प्रजिअ ढकाल 

अनलाइन तहल्का  भाद्र ३, सल्यान ।  सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सार्वजनिक चासो कामलाई खुला र पारदर्शी बनाउनुपर्ने बताएका छन

पहिरोको उच्च जोखिमा गैरागाउँ, भेरीमा आएको वाढिले फेरी वगायो 

दुर्गा वि.सी., अनलाइन तहल्का  भाद्र २, सल्यान ।      सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा ६ भाखर्कको गैरागाउँ पहिरोको जोखिमा परेको छ । घर देखि