दशौ सन्तान छोरा, छोराका लागि किन मर्न तयार बाआमा

अनलाइन तहल्का 
साउन २५, सल्यान । 
सल्यानमा एक दम्पत्तीले नवौं सन्तानपछि एक छोराको जन्म हुदा खुशी भएका छन ।  
    कुमाख गाउ“पालिका २ डा“डाकटेरीकी ४० बर्षिया डिल्ली शाहीले दशौ सन्तानको रुपमा छोराको जन्मदिएकी छिन । लगातार नौ छोरी जन्माएकी उनले यहि हप्ता छोरा जन्माएकि छन ।   
नौ छोरी घरमै जन्माउदा शारीरिक अबस्था कमजोर भएको र रक्तश्रावका कारण ज्यान जोखिममा परेकी उनी सुत्केरीका लागि जिल्ला अस्पताल सल्यानमा आएकी थिईन । नातीनतिना देखिसकेकी उनी छोरा पाएपछि खुसि भएकी छिन ।
१६ बर्षको उमेरमा गाउ“कै डिल्लीबहादुर शाहीसंग बिबाह गरेकी उनका नौ छोरी मध्ये अहिले तीन छोरीको बिबाह भैसकेको छ भने ६ उनिसंगै छन । नौ छोरीपछि छोरा पाउदा खुसि भएकी उनले गाउ“मा गएर आफन्त, छिमेकी तथा आसपासका गाउ“लेलाई भोज खुवाउने बा“चा गरेकी छिन । छोराको चाहना पुरा भएपछि अब उनले सन्तान नजन्माउने बताईन । 
उनले सन्तान नजन्माउन जिल्ला अस्पतालमा स्थायी बन्ध्याकरणका लागि प्रगोग गरिने परिवार नियोजनको साधन ईम्प्लान्ट लगाएको जानकारी गराईन । ‘छोराको आसमा धेरै छोरी बर्षौदी पाए । जो चाहना थियो त्यो पुराभयो । अब पाउदिन’ उनले भनिन ‘नौ वटि छोरी पाउदा जति पिडा थियो । छोरा जन्मिएपछि सबै बिर्सेको छु ।’ 
श्रीमानलाई भ्यासेक्टोमी गराउ भन्दा कमजोर हुन्छु भन्दै नमानेपछि आफैले परिवार नियोजनको साधन प्रयोग गर्नु परेको उनले जानकारी गराईन । छोराको रहर पुरा भएपछि बच्चालाई खेलाउदै र मुसुक्क हास्दै भनिन ‘रहर पुरा भयो, स्वास्थ्यकर्मीले गाउ“मा पहिले नै तीन सन्तान भएपछि शारिरीक अबस्था कमजोर भएकाले अन्य बच्चा नजन्माउन सल्लाह दिएका थिए । मरेपनि मरुला भन्दै मैले नै मानेकी थिईन ।’ 
छोरा नभएका कारण गाउ“लेले विभिन्न कुरा सुनाउने र त्यहि कुराले श्रीमती पिडित हुदै आएपछि दिनभरी एउटै कुरा सोचेर झोक्राउन थालेपछि अर्को सन्तान नगाउन सहमत भएको नौ छोरीपछि १० औ सन्तानमा छोराको बाबु भएका डिल्लीबहादुर शाहीले बताए । उनका अनुसार छोरा भएपछि सबैको चाहना पुरा भएको बताए । ‘दुई मात्र सन्तान ईश्वरका बरदान भन्ने गरिन्छ तर यो मेरो बाध्यता जस्तै बन्यो । पहिला छोरा जन्मेको भए यति धेरै सन्तान जन्माउन मलाईपनि रहर थिएन’ उनले भने ।  
छोराछोरी समान भन्दै बिभिन्न संघसस्था तथा जिल्ला स्वास्थ्य कार्यालयले  गाउ“घरमा सचेतनामुलक कार्यक्रम गर्दै आएपनि छोराछोरीमा भेदभाब भैरहेको जिल्ला अस्पतालका महिला स्वास्थ्यकर्मीले बताएका छन । आफनो ज्यान जोखिममा पारेर शाहीले बच्चा जन्माएको उनीहरुले जानकारी गराए । 
 

प्रतिकृया दिनुहोस

केहि दिन अघि “रबि लामिछाने जिन्दावाद ” आएकि सन्ध्या के.शि ले भदौरे झरी भन्दै राम गोपाली लाई छाता ओढाइदिइन।।

अमूत बाबु बुढाथोकी, अनलाइन तहल्का    साउन १६ सल्यान । अहिले पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चित नाम हो सन्ध्या के.सी आफ्ना सृजनामा अत्यन्तै

दाङ पुगेर रगत प्रदान गरे सल्यानका युवाले 

अनलाइन तहल्का        सल्यानी युवा सञ्जाल दाङ सम्पर्क समितिको अायोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दाङमा रगतको अभाव भएको खबरलाई

सल्यानका युवाहरू दाङमा रक्तदानमा

अनलाइन तहल्का साउन ९ सल्यान  विभिन्न सामाजिक कार्य गरिरहेको सल्यानी युवा संजालले भोली दाङमा रक्तदान कार्यक्रम राखेको छ । रक्तदान जिवन दान भन्दै