छत्रेश्वरीमा अध्यक्षले मनोमानी गरेको भन्दै नेपाल शिक्षक महासंघकाे विराेध, अध्यक्ष केसीले भने केपीले निर्णय गर्दा मलाइ सोध्छन र ?

अनलाइन तहल्का
साउन २६, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउँपालिकाले पछिल्लाे समय शिक्षा क्षेत्रमा गरेकाे निर्णय प्रति नेपाल शिक्षक महासंघ सल्यानले विराेध गरेकाे छ । सबै शिक्षकहरुकाे साझा संगठन नेपाल शिक्षक महासंघ सल्लानले विराेध जनाएकाे हाे ।

साउन १८ गते गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका भित्रका विद्यालयहरुमा शिक्षक अावश्यकता भनेर विज्ञापन गरेकाे थियाे । तर यसै विषयमा अाधारीत भएर शिक्षक महासंघले विराेध जनाएकाे बताएकाे छ । पत्रकारसँग कुरा गर्दै नेपाल शिक्षक महासंघ सल्यानका जिल्ला अध्यक्ष मदुसुदन गिरीले गाउँपालिकाले अनुदान दिनुपर्ने तर शिक्षक अावश्यकताकाे विज्ञापन गर्न नपाउनु पर्ने बताएका छन् । विद्यालयले नै शिक्षककाे माग गरेर अाफै ताेक्न पाउनु पर्ने उनकाे भनाइ छ।

त्यस्तै उनले शिक्षककाे काज सरुवा, प्रधानध्यापक नियुक्तीमा पनि अाफुहरुकाे विराेध भएकाे बताएका छन् ।  छत्रेश्वरी गाउँपालिका भित्रका कम विद्यार्थी भएका विभिन‌्न विद्यालहरुलार्इ मर्ज गर्ने गाउँपालिकाकाे निर्णयलार्इ पनि अाफुहरुकाे विराेध भएकाे बताएका छन् । शिक्षा क्षेत्रमा गाउँपालिकाले यस्ताे कार्य गर्दा अाफुहरु सँगै कुनै समन्वय नगरेकाेमा अाफुहरुकाे कडा विराेध भएकाे उनले बताएका छन् ।

,तर यता गाउँपालिका अध्यक्ष सन्ताेश केसीले अाफ्नाे गाउँपालिकाले शिक्षामा गरेकाे निर्यण ठिक भएकाे बताएका छन् । अाफुले गाउँपालिकामा शिक्षाकाे स्थर उन्नती गर्नकाे लागी कम विद्यार्थी भएका विद्यालयहरूलार्इ मर्ज गरेकाे उनकाे दाबि छ । पत्रकारसँग कुरा गर्दै उनले विद्यार्थी नै नभएर टिक्नै नसक्ने विद्यालयहरुलार्इ मर्ज गरेकाे बताएका छन् ।

देश संघिय कानुन अाएकाले अब त्यसकाे पालना अाफुहरुले गरेकाे उनले बताएका छन् । अध्यक्ष केसीलेभन्छन प्रधानमन्त्री केपि अाेली र प्रदेश मन्त्री प्रकाश ज्वालाले कुनै काम गर्दा अाफुहरु सँगै कुनै समन्वय गर्न अावश्यक नभएकाले अाफुहरूले पनि कुनै संगठन सँग समन्वय गर्न अावश्यक छैन ।

अब शिक्षकहरू पनि केन्दि्रय सरकार तथा प्रदेश सरकारबाट नभएर सिधै स्थानीय सरकारबाट नियुक्ती गर्नुपर्ने भन्दै अध्यक्ष केसीले संघिय कानुनकाे पालना गर्न अाग्रह गरेका छन् । अहिले तह नै नपुगेका केहि शिक्षकहरु विद्यालय चलाएकाले त्यसमा याेग्यता पुगेका शिक्षकहरु राख्नकाे लागी गाउँपालिकाले विज्ञापन गरेर शिक्षक अाह्वान गरेकाे उनले बताएका छन् ।

शिक्षामा राजनिती नगर्न भन्दै अध्यक्ष केसीले प्रावि तहकाे शिक्षकले निमावि चलाएकाे र निमावि तहकाे शिक्षकले मावि चलाएकाे भन्दै यसमा याेग्यता अनुसारकाे शिक्षक राख्न फेरबदल गरेकाे बताएका छन् ।

प्रतिकृया दिनुहोस

सल्यानमा ६८ बर्ष पुरानो हाइस्कुलको बार्षिकोत्सव 

अनलाइन तहल्का  भाद् ४, ,सल्यान ।      सल्यानको पुरानो विद्यालय त्रिभुवन जन माध्यमिक विद्यालयले आफ्नो ६८ औं बार्षिकोत्सव मनाएको छ ।    

सार्वजनिक चासोको विषय पारदर्शी हुनुपर्छः प्रजिअ ढकाल 

अनलाइन तहल्का  भाद्र ३, सल्यान ।  सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सार्वजनिक चासो कामलाई खुला र पारदर्शी बनाउनुपर्ने बताएका छन

पहिरोको उच्च जोखिमा गैरागाउँ, भेरीमा आएको वाढिले फेरी वगायो 

दुर्गा वि.सी., अनलाइन तहल्का  भाद्र २, सल्यान ।      सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा ६ भाखर्कको गैरागाउँ पहिरोको जोखिमा परेको छ । घर देखि