ध्यान दिऔं फेसबुक दुरुपयोग गर्ने १२ जना पक्राउ परे

भदौ २३ काठमान्डौं । 
सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी दिएका छन् ।

बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन् । उनलाई विदा मनाउन आएका बेला बलात्कार भएको बेलायती सञ्चार माध्यमले जनाएका छन् । थाइल्याण्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको समाचारमा उल्लेख छ ।

अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो । उनीहरुलाई थाइल्याण्डको कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको ती प्रहरी अधिकारीको भनाई छ । उनीहरु सवैलाई बिहीबार राती प्रतिव्यक्ति ६० हजार भाट धरौटीमा छाडिएको समाचारमा जनाइएको छ । प्रहरीले लगाएको आरोप पुष्टि भएमा उनीहरू सवैले पाँच बर्ष जेल सजाय भोग्नु पर्नेछ । –रासस
 

प्रतिकृया दिनुहोस

कति हुन्छ उहि स्थानमा टेलीफोन अवरुद्ध 

इन्द्र बुुुुढाथोकी, अनलाइन तहल्का  सल्यान ८, असोज ।       सुर्खेत सिम्ता गाउँपालिका वडा न ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हुदा त्यस

किसानहरु तरकारी खेतीमा किन बने आकर्षित, धान लाउने बारीभरी तरकारी

दुर्गा विसी, अनलाइन तहल्का  असोज ३, सल्यान ।     सल्यानको बन्गाड कुपिण्डे नगरपालीका वडा १ को आमखोलीमा तरकारी बाटै किसानले मनग्य आम्दानी गर्ने

सल्यानमा किसानहरुलाई कृर्षी सामाग्रीहरु वितरण, सामाग्री सहित प्रविधि पनि चाहियो

अनलाइन तहल्का असोज १, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का किसानहरुलाई कृर्षी सामाग्रीहरु वितरण गरिएको छ ।  कृर्षी, स्वास्थ्य