सावधानः तीजको दर खाँदा ५० भन्दा बढी बिरामी


अनलाइन तहल्का 
भाद्र २३,  बनेपा । 
पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो ।

 

विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउनेक्रम जारी रहेको र बिरामी अझै बढ्ने देखिएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको जनाइएको छ ।

बिरामीको सङ्ख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेको भन्ने जानकारी आएका कारण दुबै अस्पतालमा द्रुत गतिमा सेवा प्रवाह गर्नका लागि चिकित्सको टोलीलाई आग्रह गरिसकिएको उनको भनाइ छ ।
रासस
 

प्रतिकृया दिनुहोस

स्तनपान गराएर उद्घाटन भयो हुलाक कार्यालयको शिशु स्याहार कक्ष 

अनलाइन तहल्का पौष २२, सल्यान ।  जिल्ला हुलाक कार्यालय सल्यानले कार्यालय परिसरमा स्तनपान तथा शिशु स्याहार कक्ष निर्माण गरेको छ ।  यस बर्ष भौतिक

जाडोमा जेष्ठ नागरिकमा देखिने प्रमुख समस्या काम गर्न नसक्ने जेष्ठ नागरिकलाई कसरी स्याहार गर्ने ? 

अनलाइन तहल्का पौष १५,काठमान्डाैं      डा रमेश कँडेल, जेष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी

थारमारे जनकल्यानको प्राङ्गणमा सुनाए भुपिनले एकल रचनाहरु

पुष्पा रिजन डि.सी.अनलाइन तहल्का मंसिर २९, सल्यान ।  सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको