दाँतलाई सेतो बनाउने ६ घरेलु उपायहरु

काठमाडौं ।
हिजोआज धेरैलाई दाँतको समस्या रहेको छ ।  दाँत पहेँलो हुनु अहिलेको मूख्य समस्या हो । सहि तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेँलो हुन्छ । पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ ।  आफ्नो अनुहारको सुन्दरतामा दाग आउँछ । त्यतिमात्र होइन धेरैको आत्मा विश्वाश पनि घटेको देखिएको छ । दाँतको पहेँलोपन हटाउने ६ घरेलु उपायहरु यसप्रकार छन् ।

१. तुलसीको पात
तुलसीमा दाँतको पहेँलोपन हटाउने एक अदभूत शक्ति रहेको छ । तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसँग मिलाएर ब्रस गर्ने गर्दा दाँतको पहेँलोपना हटेर चमक बनाउँछ ।

२. नुन र तेल
गाउँघरतिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ । नुनमा २र४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेँलोपना हटेर जान्छ ।

३. सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रालाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस्र सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन ‘सी’ र ‘क्याल्सियम’ कारण दाँत चम्किलो हुन्छ ।

४. गाँजर
खाना खाइसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहेँलोपना हट्छ । गाँजरमा रहेको रेसाहरुले दाँतलाइ राम्रोसँग सफा गर्न मद्त गर्दछ ।

५. नीमको पात
नीमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सफाई गरिदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति हुन्छ । दिनहुँ नीमको काठ वा निमको सानो हाँगाले दाँत सफा गर्ने हो भने दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेँलो भएको भए पनि हट्छ ।

६. कागती
कागतीको रसले पनि दाँतलाई चम्किलो बनाउँछ । कागतीको जति रस छ, त्यति नै मात्रामा पानी मिसाउनुहोस् । खाना खाइसकेपछि यहि कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेँलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि समाधान हुन्छ ।
 

प्रतिकृया दिनुहोस

खानेपानी मन्त्री अस्पताल निरीक्षणमा

अनलाइन तहल्का असोज ५, काठमाडौं । खानेपानी मन्त्री विना मगरले एकाविहानै काठमाडौंको वीर अस्पताल निरीक्षण गरेकी छन् । अस्पतालको व्यवस्थापन असाध्यै

राँगा भनेर भैँसीको मासु बेच्ने पसललाई बिक्रीमा प्रतिबन्ध

अनलाइन तहल्का  असोज ५, काठमाडौँ ।  सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु  बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्थलगत

मौसमी रुघाखोकीका ६ लक्षण र ११ बच्ने उपाय

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा