५ वर्षपछि   च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल

अनलाइन तहल्का  भाद्र २४

काठमाडौं ।

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।

नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २(० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह ‘ए’ को बिजेता पनि बन्यो ।आजको कान्तिपुर दैनिकमा यो खबर छ – नेपालको लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तान विरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले त्यस यताका दुई खेल जितेर प्रतियोगितामै उत्कृष्ट पुनरागमन र्गयो । नेपालको जितमा ३३ औं मिनेटमा बिमल घर्तीमगर र ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे ।नेपाल साफ च्यम्पियनसिपको इतिहासमा सेमिफाइनल पुगेको यो चौथोपटक हो । यसअघि सेमिफाइनल पुगेको तीन उपलब्धि विदेशी प्रशिक्षकको नेतृत्वमा प्राप्त भएको थियो ।

यसपल्ट नेपाली प्रशिक्षक बालगोपाल महर्जनले यो उपलब्धि हात पारेका छन् । विदेशी प्रशिक्षकमा सन् १९९९ मा जर्मनका फ्राङ्क स्टेप्लर, २०११ मा इंग्ल्यान्डका ग्राहम रोबर्टस् र २०१३ मा प्युटोरिकोका ज्याक स्टेफेनोस्कीले नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म र्पुयाएका थिए ।नेपालले अब सेमिफाइनलामा खेल्ने प्रतिद्वन्द्वीको निर्णय आइतबार भारत र माल्दिभ्सबीच हुने खेलले गर्ने छ ।
 

प्रतिकृया दिनुहोस

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा

सल्यानमा “परिवर्तन शिल्ड” फुटवल प्रतियोगिता हुदै, पुरस्कार नै ७० हजार

अनलाइन तहल्का  कार्तिक २० सल्यान ।  सल्यानमा पहिलो “परिवर्तन शिल्ड” खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।      कार्तिक २६ देखि खलंगा

शारदा नगरको मेयर कप वडा नं ६ वरलालाई 

अनलाइन तहल्का  कार्तिक १८, सल्यान । शारदा नगरपालिकामा भएको दोस्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधी वडा नं. ६ वरलाको टिमले जितेकोछ ।  आज भएको फाइनल