तातोपानी र केरुङ्ग–रसुवागढी नाका पुल पुनर्निर्माणका लागि शिलान्यास

अनलाइन तहल्का 
भाद्र २४, काठमान्डौं । 
    चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरुङ्ग–रसुवागढी नाका पुल पुनर्निर्माणका लागि शिलान्यास गरेका छन । महावाणिज्य दूतावास भवनको पनि महराले शिलान्यास गरेका हुन । एक विशेष समारोहका बीच नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मैत्री पुलहरूको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन । ल्हासाबाटै भिडियो मार्फत गरिएको शिलान्यास समारोहमा तिब्बत जनकाँग्रेसका अध्यक्षसहितका पधाधिकारीहरुको सहभागिता थियो । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण नेपाल–चीन जोड्ने दुवै पुल क्षतिग्रस्त भएका थिए ।


     प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो । 
    यी दुई मैत्री पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ । पुल पुननिर्माण तथा दूतावास भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रूपमा रहेको बताए । 

ऐतिहासिक केरुङ–रसुवागढी पुल र तातोपानी मैत्री पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इँटा थप्ने काम गरेको चर्चा गर्दै सभामुख महराले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 
 

प्रतिकृया दिनुहोस

खानेपानीको यस्तो संकट

दुर्गा वि.सी, अनलाइन तहल्का  पुस २५, सल्यान ।      सल्यानको पश्चिम क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्याको कारण स्थानीयले निक्कै दुख पाउन

अव सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण, के हो त राष्ट्रिय परिचयपत्र ?   

अनलाइन तहल्का  पौष २५, सल्यान ।     अभ्यासको रुपमा पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको सरकारले अव १५ जिल्लामा यो अभियान शुरु गर्ने

सुमार्गीले पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।  यही