प्राधिकरण नै गर्छ मिटर रिडिङ्गमा ठगी, कस्तो हुन्छ त ठगी सेयर गरी जानकारी दिनुस् 

अनलाइन तहल्का 
भाद्र २४, दार्चुला । 
    
    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र शाखा दार्चुलाले उपभोक्ताहरूलाई मिटर रिडिङमा ठगी गरेको भेटिएको छ । वितरण केन्द्र दार्चुला शाखाका कर्मचारीले समयमा मिटर रिडिङ नगर्ने र हचुवाको भरमा त्रैमासिक रुपमा मिटर रिडिङ गर्ने गरेकाले ग्राकहरु ठगीमा परेका हुन् ।
     त्यसको जल्दोबल्दो उदाहरणका रुपमा  महाकाली नगरपालीका वडा नं २ का ग्राहक नं ८–१८–२४ का विरादत्त बडु रहेका छन् । दार्चुला विद्युत प्रा.ली ले आब ०७२–०७३ को कार्र्तिकमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र शाखा दार्चुलालाई हस्तान्तरण गर्दा उक्त नम्बरको  मिटरको साविक अंक २६९९ रहेको थियो ।

 

२०७२ साल मंसिर महिना देखि गत आब ०७४–७५ असार मसान्तसम्म न्यूनतम् १० र अधिकतम २० युनिट मात्र विद्युत खपत भएको र उक्त युनिट अनुसार नै बडुले विद्युत महसुल बुझाएको विलहरु देखिएका छन् । 
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र शाखा दार्चुलाले त्रैमासिक रुपमा महसुल बुझ्दै आए अनुसार बडुले पनि २०७२ मंसिरदेखि २०७५ असार मसान्तसम्म त्रैमासिक रुपमा नै विद्युत महसुल बुझाउदै आएको प्रमाण भेटिएको छ । 
आर्थीक बर्ष ०७५–०७६ को श्रावण र भाद्र महिनामा मिटर रिडिङ गर्न गएका विद्युत कार्र्यालयका कार्यालय सहयोगी हरिदत्त भट्टले २ महिनामा ४ सय ५३ युनिटका दरले ९ सय ६ युनिट विद्युत खपत भएको भन्दै  २ महिनाको विद्युत महसुल १६ हजार देखाएपछि यस्तो रहस्य खुलेको हो । बडुले घरमा ३ वटा सिएफएल  चिम मात्र बाल्दै आएका छन् । 
३ वटा सि.एफ.एल  चिमको एक्कासी विद्युत महसुल बढी आएपछि बडुले विद्युत प्राधिकरण कार्यालयलाइ बुझ्न जादा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र शाखा दार्चुलाका प्रमुख दयाराम शाहले रिडिङ अनुसारकोे महसुल बुझाउन पर्ने बताएपछि बडुले आज आवस्यक कारवाहिका लागी  जिल्ला प्रशाशन कार्यालय दार्चुलामा लिखित निवेदनसमेत दिएका छन । 
प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्र्यले विद्युत प्राधिकरणका प्रमुख शाहलाई बुझेर आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिएको बताएका छन ।
 

प्रतिकृया दिनुहोस

कति हुन्छ उहि स्थानमा टेलीफोन अवरुद्ध 

इन्द्र बुुुुढाथोकी, अनलाइन तहल्का  सल्यान ८, असोज ।       सुर्खेत सिम्ता गाउँपालिका वडा न ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हुदा त्यस

किसानहरु तरकारी खेतीमा किन बने आकर्षित, धान लाउने बारीभरी तरकारी

दुर्गा विसी, अनलाइन तहल्का  असोज ३, सल्यान ।     सल्यानको बन्गाड कुपिण्डे नगरपालीका वडा १ को आमखोलीमा तरकारी बाटै किसानले मनग्य आम्दानी गर्ने

सल्यानमा किसानहरुलाई कृर्षी सामाग्रीहरु वितरण, सामाग्री सहित प्रविधि पनि चाहियो

अनलाइन तहल्का असोज १, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का किसानहरुलाई कृर्षी सामाग्रीहरु वितरण गरिएको छ ।  कृर्षी, स्वास्थ्य