मेरो मातृभुमि र नेपाली युवा

मिना खड्का

मेरो प्राण भन्दा प्यारी, मेरी मातृभुमि बेग्लै आनन्द छ तिमीसँग  रमाउनुको, मेरी साथी हौँ तिमी, जिवनभरीकी साथी, के दिएकी छैनौ र मलाई । सबथोक पाएकी छु मैले तिमीबाट । यो बाल्यकालको उत्तरार्धमा आईसक्दासम्म लिईरहे मात्रै तिमीबाट तर दुःख लाग्छ केहि दीन सकिन तिमीलाई । पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म फैलिएकी तिमीसँग व्यापक सम्बन्ध  जोड्न मन छ । कहिल्यै नछुट्ने अनि कहील्यै नटुट्ने  सम्बन्ध, र सधैँ रहिरहने सम्बन्ध । राम्रा र नराम्रा विभिन्न धेरै मान्छेहरुको सम्बन्ध भन्दा असल एउटै मात्र तिमीसँगको सम्बन्ध प्यारो लाग्छ मलाई, म तिमीसँग रमाउन सक्छु । तिम्रो यो निश्चल मन र चोखो माया प्यारो लाग्छ मलाई ।

 
तर हेर त बेरोजगार नेपाली युवाको यो दर्दनाक अवस्था, प्रत्येक दिन लामबद्ध छन विदेशीरहेका छन् । सबै सकिसके नेपाली युवाहरु नेपालमा  छन् त केवल बृद्धबृद्धा र बालबालिका मात्रै । ऋण गरेर बिदेशमा गई रगत र पसिनासँग पैसा साट्ने युवाको कथा सुन्दा तिमीलाई पिडा हुन सक्छ तर मातृभुमी यहि छ यतिबेला मेरो देशको वास्तविकता । मैले रोक्न त खोजेकै हुँ तर सकिन रोक्न मेरा गाउँका दाई र बुवाको विदेशी यात्रा । के गर्नु यस्तै छ विवशता भन्दै भक्कानिन्छीन गाउँमा मेरि आमा अनि भाउँजु । म सम्झाउनै सक्दिन । एउटा सानो मुलाको बिउ जब धर्तीको माटोेमा पस्छ उम्रिएर विशाल आकार लिन्छ ।
पढाईको नाममा धेरै पैसा खर्च गरेर रोजगार नपाएर बिदेशतिर नै होमिने युवाको कमि छैन नेपालमा । दिन प्रतिदिन झन भन्दा झन् विकराल समस्याले अस्तव्यस्त बन्दै छौँ हामी । संसार एक्काईसौँ शताब्दिमा पुगिसक्यो तर पनि यहाँ उस्तै छ अवस्था शिक्षा, कृषि, स्वास्थ्य, बेरोजगार । समाजमा उस्तै देख्छु म अन्योल्ताहरु अराजकताहरु ।
नेपाली युवाहरुको बिदेशी यात्रासँगै नेपालको यो खेतियोग्य जमिन, पानी र यहाँको सबथोक हराईरहेछ यतिमात्रै होईन नेपाली युवाको यो विदेशी यात्रासँगै यहाँको अथाहा प्राकृतिक सुन्दरता सयौँ भाषा, सयौँ जाति, सयौँ सस्कृति र सयौँ परम्पराले सु–सञ्जित यो नेपाल नै हराईरहेछ । थुप्रै सम्भावना बोकेका युवाहरुसंगसंगै यि चहकिला हिमालहरु मधुरा भईसके, पहाडहरु होचा भईसके, तराईको त्यो खेति योग्य जमिन  हराईरहेछ, अनौठो तरिकाले परिवर्तन भईरहेको छ नेपाल । राम्रो सुन्दर भविष्य बनाउन चाहाने युवाहरु मात्रै गएका हुन् सुन्दर भविस्यको  खोजिमा विदेश । त्यो भन्दा बढि युवाहरु त नेपालभित्रै झुलिरहेका छन् फेसबुकमा, युटयुवमा र ट्विटरमा ।  ईन्टरनेटमै पनि  राम्रा कामहरु गर्न सकिन्छ  नसकिने होईन तर कहाँ झुलिरहेका छन्  अहिलेका युवाहरु जुन यतिबेला ब्याख्या नै  गर्न सकिदैन ।

 

एउटा दलालले सेवक बनेर सोझा सिधा जनतालाई दिाप्रतिदिन फसाईरहेका छन् । थुप्रै सुनौला सपना मिठा मिठा सपना विकट गाउका सोझा जनतालाई कसरी पत्यार नै  लाग्दैन ? यतिबेला त धेरै नेपालीको आवस्यकता, एक अनुकुलता र एक मौलिकता हुन खोजिरहेको छ । ईच्छा र आकाँक्षा, सपना र कल्पना बन्न खोजिरहेको छ । म त डराईरहेछु के भईरहेछ यो नेपालमा तर यहाँ जे भईरहेको छ सबै नराम्रो नै भईरहेको छ तर यस्तै भयो भने हाम्रो नेपालको सारा ईतिहास हराएर जाने छ ।
प्यारी मातृभुमि यो सुन्दा तिमिलाई अचम्म लाग्न सक्छ । नेपालका केहि युवाहरुले त आफ्नो योग्यता र क्षमता भएर पनि रोजगार पाउनै सकेका छैनन् । देशमा त केवल ठुला–ठालुहरुकै हालीमुहाली छ । गर्नेहरुले मस्ति गरिरहेकै छन् । यहाँ छ त केवल शाषकहरुकै छ शाषण ।  हामी जस्ता गरिब दुःखीहरुका लागि त उस्तै हो लोकतन्त्र, उस्तै हो गणतन्त्र । हुनेहरुको लागि भए विभिन्न प्रकारका तन्त्रका स्थापना तर  दबिएर बसेका यी नेपाली नागरिकको लागि कहिल्यै कुनै तन्त्रले प्रभाव पारेको छैन । 

रगत र पसीनासँग पैसा साट्ने नेपाली युवाहरुलाई अब नेपालमै मेहनत गर्न सिकाउनुपर्छ । हामी त  रातो र तातो रगर भएका युवा राज्यले हामीलाई केही दिएन, देशमा अवसर छैन उद्यम छैन भनेर पछुताउनु भन्दा अब नयाँ सोच बिचार र नयाँ जागँरका साथ अगाडि बढ्न सक्नुपर्छ । नेपाली माटो मै  रगत र पसिना बगाए के सम्भव छैन सबथोक छ, अव निराशाको पर्खाल हटाएर मेहनतको थालनी गरौँ । सबथोक छ हामीसँग । यदि हामीले यो नेपाललाई माया गरेनौ भने यहाँको यो खेति योग्य जमिनले धिक्कार्ने छ हामिलाई हाम्रो कुनै अस्तित्व रहने छैन ।

सल्यान दार्मा गाउँपालिका ६, ढाकाडाम, गोठीवनमा घर भएकी लेखक रेडियो तहल्काको समाचार बाचक हुन् 

प्रतिकृया दिनुहोस

नेपालको श्री ३ सरकार

–शेर बहादुर डाँगी  अहिले नेपालमा श्री ३ सरकारको व्यवस्था चलिरहेको छ । १ केन्द्रिय सरकार २ प्रादेशिक सरकार ३ स्थानिय सरकार केन्द्रिय सरकार

भड्कीलो भन्दा तिजलाई सन्देशमुलक बनाउने कि ?

- मिना बुढाथोकी  हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज । तीज शुरु हुन थालेसंगै महिलाहरुमा एक प्रकारको छुट्टै आन्नद र हर्षोल्लास देख्न सकिन्छ ।

क. चिर्को उर्फ जनयुद्ध र धनयुद्ध (संस्मरण)

कमल डाँगी (सल्यानी) मेरो १५ वर्ष पुरानो साथी, नाम उसको धन बहादुर, पछि भूमिगत भए पछि कमरेड चिर्को भयो । स्वभाब पनि उस्तै दुरुस्त, नाम जस्तै, देश र जनताको