राजनीति पनि व्यापार जस्तै भयोः पूर्व मन्त्री बस्नेत

अनलाइन तहल्का 
भाद्र २४, सल्यान 
    संघिय प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले राजनीति व्यापार जस्तै नाफामुखी भएको भन्दै चिन्ता लागेको बताएका छन । उनले अन्य क्षेत्रमा रहेको व्यापार राजनीतिमा पनि प्रवेश गरेको भन्दै दुःख पोखेका हुन । पत्रकारीतामा व्यापारीक मानसिकता देखा परेको बताएका उनले राजनीतिमा पनि त्यो मानसिकता भएको र त्यसले समाजलाई हानी गर्ने बताएका हुन । 

 

कुमाख राष्ट्रिय साप्ताहिकको अर्धबार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले उठेका कुराहरुमा स्पष्टिकरण सहित भनाई राख्ने क्रममा उनले यस्तो बताएका हुन । उनले पत्रकार देशको चौथो अङग भएकाले ईमान्दारीताका साथ कदम अगाडी बढाउन भनेका थिए । 
    पछिल्लो चरणमा पत्रकारीता राजनीतिमुखी र व्यवसायीकरण जस्तो देखिएकाले पत्रकारीताको ईमान्दारीतालाई आत्मासाथ गर्दै पत्रकारीताको स्वाभिमान बढाउनु पर्ने बताए । उनले भने – “पत्रकारीता एउटा जोखिमपुर्ण पेशा हो, तपाईहरु सकारात्मक सोच विचारका साथ अगाडी बढ्नुस् जिल्लाको पत्रकारीतालाई सबैले ध्यान दिनुपर्छ ।”
    उनले आफुले पत्रकारलाई विभिन्न चरण सहयोग गरेको भन्दै अझ पनि सहयोग गर्ने बताएका छन ।   
    यस्तै विशिष्ट अतिथि बागचौर नगरपालीकाका नगरप्रमुख लोकमान बुढाथोकीले सिंहदरबारको अधिकार गाउमा नआएको भन्दै सिंह मात्रै दिएर अधिकार उतै राखेको गुनासो पोखेका छन । 

 

    उनले मिडिया र पत्रकारीतालाई अब जिल्लाका १० वटै स्थानीय तहले साथ र सहकार्य गर्न जरुरी रहेको बताए । स्थानीय तह र मिडयालाई पारस्पारीक सम्बन्ध जस्तो बनाएर छलफलको बाताबरण बनाउन आबस्यक रहेको बताए । उनले भने – “स्थानीय सरकार अब मिडिया सँग नजिक भएर हेर्नुपर्छ, कुनै राजनितिक मा कुनै आग्रह, र्पुबाग्रह नराखी बुझाईमा एकरुपत्ता ल्याउन पर्छ, जस्को लागी मिडिया र जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरु बिच अन्र्तक्रिया गर्न जरुर रहेको छ ।” 
कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतले पत्रकारले सधै सत्यको पक्षमा लेख्नुपर्ने भन्दै आफुले त्यसका लागि सहयोग गरिरहेको र सधै गर्ने बताएकी छन । 
    सिद्धकुमाख गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले आफुले एउटा सानो सूचना राष्ट्रिय स्तरको पत्रिकामा छपाउनुपर्ने बाध्यता रहेको र त्यस्तो खालको सिन्डिकेड तोडेर जानुपर्ने बताएका छन । 
    

कार्यक्रममा नेपाली काग्रेश सल्यानका उपसभापती निमबहादुर वली, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारी, पत्रकार महासंघ सल्यानका सभापती प्रतिक इच्छुक शर्मा, गैसस महासंघका अध्यक्ष दिपेन्द्र प्रकाश डिसी लगायतले मन्तव्य राखेका थिए 
बिगत ६ महिना देखि निरन्तर प्रकाशन भईरहेको यो पत्रिकाले अर्धवार्षिक समीक्षा, श्रष्टा तथा प्रतिभा सम्मान र तीज विशेष साँस्कृतिक कार्यक्रम सदरमुकाम खलंगाको बालमन्दिरमा गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी नायव उपरिक्षक विरेन्द्र शाही लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहयात्री कला केन्द्रका कलाकारहरुले संस्कृतीक प्रस्तुती राखेका थिए भने कला, साहित्य, सामाजिक, साँस्कृतिक र पत्रकारीता लगाएत विविध क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
पत्रिकाका संचालक तथा प्रधान सम्पादक गोविन्द शर्माको सभा अध्यक्षतामा रहेको कार्यक्रममा स्वागत मन्तव्य लोकानन्द गाैतमले राखेका थिए भने संचालन पत्रकार डिल्लीराज रावतले गरेका थिए ।

केहि भिडियो 


 

प्रतिकृया दिनुहोस

मुख्यमन्त्रीले घर बनाउन NGO को पैसा लिएको छैन भन्ने स्पष्टिकरण किन दिए 

अनलाइन तहल्का कार्तिक २८, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा आईएनजिओको

काग्रेसमा यस्तो विवाद, सुजाता निवासमा पौडेल पक्षको भेला

अनलाइन तहल्का  कार्तिक २६, काठमाडु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष धरका नेताको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्डिकाटारमा

अमेरिकाको इतिहासमा, नेपाली मुलका भण्डारी चुनावमा विजयी

२१ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन