जिप दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

अनलाइन तहल्का 
भादौ २५, सल्यान ।
सल्यानको शारदा नगरपालिका–१३ स्यानीखालमा पिकअप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटाका ५५ वर्षीया हुकुमी बिक र ६५ वर्षीय बलबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । साथै सोही ठाउँका चालक २१ वर्षीय कमल बिक घाइते छन रहेको छन् । हुकमीको घटनास्थलमा नै निधन भएको र बल बहादुरको उपचारको लागि लिदै गर्दा बाटोमा नै निधन भएको हो ।  
  

 घाइतेको श्रीनगरस्थित मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक हुकुमी र बलबहादुर श्रीमान श्रीमती रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जिप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना भएको  हो । 
    जिप सडकबाट करिब २०० तल खसेको र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

काठमाडौंमै ग्रिल पसलमा लगेर युवतीको बलात्कार

अनलाइन तहल्का असोज ८, काठमाडौं ।  काठमाडौंको सिमलटार–६ स्थित अरुबारीमा २८ वर्षीया युवती बलात्कारको शिकार भएकी छिन् । गत भदौ ३० गते मध्यान्ह चर्चमा

गोर्खा स्कुलको बस हात्तीखौवामा दुर्घटना, २१ विद्यार्थी घाईते 

आशिष के.सी, अनलाइन तहल्का  असोज ८, तुलसीपुर ।      दाङको तुलसीपुर ६ हात्तीखौवामा आज साँझ विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि २१

खोलाको बालुवा बेचेर पढाइ खर्च जुटाउदै बालबालिका

असोज ८, सल्यान । सल्यानका बिभिन्न नदि तथा खोलाहरुको बालुवा संकलन गरेर यहाँका बालबालिकाहरुले पढाई खर्च जुटाउदै आएका छन् । उनीहरुले शारदा नदि सँगै