नेताहरुलाई कस्टडीमा राखेर ओली–प्रचण्ड विप्लवलाई बार्तामा बोलाउछन, अब के होला ?

काठमाडौं ।

केपी ओली र प्रचण्ड सरकारले नेकपाका प्रवक्ता प्रकाण्डसहित ५ पोलिटब्युरो, दर्जन केन्द्रीय सदस्य र सयबढी अन्य नेता कार्यकर्ताहरुलाई कस्टडीमा राखेर महासचिव विप्लवलाई बार्तामा बोलाएको छ ।
सोमबार सरकारद्वारा गठित बार्ता टोलीले सिंहदरवारमा पत्रकार सम्मेलन गरी असन्तुष्ट र द्वन्द्वरत सबै पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको हो ।
एकातिर सरकारले नेकपा प्रवक्ता प्रकाण्डलाई अदालतले छाड्ने आदेश दिँदा पनि पटक(पटक पक्राउ गरिरहेको छ । अर्को्तिर, गिरफ्तारीकै वीचमा त्यसै नेकपालाई वार्तामा आउन औपचारिक आग्रह गरिएको छ ।

सर्वोच्च अदालतको आदेशपछि पटक–पटक पक्राउ परेका प्रवक्ता प्रकाण्डको विषयमा भने वार्ता टोलीलाई औपचारिक जानकारी नभएको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयको भनाइ छ । प्रकाण्डको विषयमा आफूहरूसँग सहमति वा कुनै सल्लाह नभएको उनले पत्रकार सम्मेलनमा बताए ।

सरकार सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न तयार रहेको संयोजक पाण्डेले बताए । त्यस्तै सरकारले नेपाल सरकार असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यमबाट टुङ्गो लगाउन तयार रहेको बताए ।

पाण्डेले संक्रमणकालिन अवस्थाका र पछिल्लो समयमा समेत रहेका र देखिएका असन्तुष्टि र असहमतिहरुलाई वार्तामार्फत सहमति र सम्झौता गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । सरकारले गत भदौ ८ गते सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । तर नेपाल कम्युनिस्ट पार्टीले भने यथास्थितिमा वार्ताको औचित्य नहुने बताएको छ । सरकारले वार्त टोली गठन गरेको अर्को दिन नेकपाकी पोलिट व्युरो सदस्य उमा भुजेललाई पक्राउ गरेको थियो । त्यसको अर्को दिन नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै सरकारले दमन गर्ने उदेश्यले वार्ताको नाटक देखाएको भन्दै सरकारसँग कुनै वार्ता नहुने बताएका थिए ।

यद्धपि सरकारले औपचारिकरुपमा बार्ताका लागि आवहान गरिसकेपछि नेकपा महासचिव विप्लव बार्ताका लागि तयार हुन्छन् या के गर्छन् त्यो भन्ने आम चासोको बिषय बनेको छ । अहिले नेकपा प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमपुन, पदम राई र उमा भुजेलसहित दर्जन केन्द्रीय नेता तथा सय बढी कार्यकर्ताहरु प्रहरी हिरासतमा छन् ।
संचारकेन्द्रबाट 
 

प्रतिकृया दिनुहोस

कार्यकर्तालाई फेरी मौरी बन भने केपीले 

अनलाइन तहल्का ६ असोज, काठमाडौं ।      प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् ।

के पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ भनेका छन, नत्र किन भन्छन मन्त्री पण्डित

अनलाइन तहल्का  असोज ६, भक्तपुर ।          सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान

संविधानको मर्ममाथि कसैले प्रहार गरे काङ्ग्रेसलाई मान्य हुदैनः सिंह

अनलाइन तहल्का  असोज ६, विराटनगर ।  नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम