राष्ट्रको समृद्धि र विकासमा योगदान गर्न गृहमन्त्रीको निर्देशन


अनलाइन तहल्का 
भाद्र २४, काठमान्डौं । 
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको समृद्धि र विकासमा योगदान गर्ने उद्देश्यसहित काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन । 
    नेपाल प्रशासन सेवाका पदाधिकारीहरूका लागि कानुन र न्यायसम्बन्धी तीन महिने सेवाकालीन तालिमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेकोमा जोड दिए । 


    केही प्रशासक भ्रष्टचार गर्छन, काममा जानाजान ढिलासुस्ती गर्छन भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले अहिलेको नियम कानुन बुझ्नका लागिसमेत यो तालिम उपयोगी हुने बताए ।
     कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले प्रशासकहरूले अर्ध न्यायिक निकायको रुपमासमेत काम गर्नुपर्ने भएकोले तालिमपश्चात् काममा सहजता हुने धारणा राखे । 

प्रतिकृया दिनुहोस

खानेपानीको यस्तो संकट

दुर्गा वि.सी, अनलाइन तहल्का  पुस २५, सल्यान ।      सल्यानको पश्चिम क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्याको कारण स्थानीयले निक्कै दुख पाउन

अव सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण, के हो त राष्ट्रिय परिचयपत्र ?   

अनलाइन तहल्का  पौष २५, सल्यान ।     अभ्यासको रुपमा पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको सरकारले अव १५ जिल्लामा यो अभियान शुरु गर्ने

सुमार्गीले पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।  यही