नेविसंघ महाधिवेशन दशै तिहारको विचमा, सबै तहको मिति यस्तो छ

अनलाइन तहल्का 

२६ भदौ, काठमाडौं । 
काग्रेश निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ को १२ औं महाधिवेशन आगामी कात्तिक १६ गतेदेखि हुने भएको छ । सोमबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले दशैं र तिहारको बीचमा अर्थात कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
तर, महाधिवेशन कुन जिल्लामा गर्ने भन्ने तय भइनसकेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । उनले भने, ‘हामीले महाधिवेशन कात्तिक १६ गतेदेखि गर्ने निर्णय गरेका छौं । तर कहाँ भन्ने कुरा चाहिँ पार्टीसँग सल्लाह गरेर टुंगो लगाउँछौं ।’

तिहार कात्तिक १९ गतेदेखि सुरु हुन्छ । तर नेविसंघ महाधिवेशन भने कात्तिक १६ देखि १८ गतेसम्म गर्ने तय गरिएको छ । त्यसैले कतिपयले महाधिवेशन सर्ने आशंका गरेका छन् । तर, अध्यक्ष महर भने महाधिवेशन कुनै पनि हालतमा नसर्ने दाबी गर्छन् । उनले भने, ‘वैधानिक संकटकालको अवस्थामा भएकाले महाधिवेशन सार्ने सुविधा हामीलाई छैन । कुनै पनि हालतमा तोकिएकै मितिमा महाधिवेशन हुन्छ ।’
 

यस्तो छ महाधिवेशन कार्यतालिका
महरका अनुसार असोज ७ गते मावि र क्याम्पसहरुको अधिवेशन सुरु हुने छ । १२ गते सबै पालिकाहरुमा, १५ गते निर्वाचन क्षेत्रहरुमा, २१ गते ७७ वटै जिल्लामा, असोज २३ गते काठमाडौं उपत्यकाका क्याम्पसमा तथा कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गरिने छ ।
त्यसपछि केन्द्रीय अध्यक्षले महाधिवेशन प्रतिनिधिहरुको मनोनयन गर्नेछन् । अध्यक्षलाई ३० जना मनोनयन गर्ने अधिकार हुन्छ ।

महाधिवेशन प्रतिनिधिहरुको पहिलो नामावली प्रकाशन कात्तिक १३ गते हुनेछ । उक्त नामावलीमा दावी विरोध र अन्तिम नामावली प्रकाशन १४ गते हुने छ । त्यसपछि १६ गते महाधिवेशनको उदघाटन गर्ने र १७ गते बन्दसत्र सुरु गर्ने कार्यतालिका बनाइएको अध्यक्ष महरले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

कार्यकर्तालाई फेरी मौरी बन भने केपीले 

अनलाइन तहल्का ६ असोज, काठमाडौं ।      प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् ।

के पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ भनेका छन, नत्र किन भन्छन मन्त्री पण्डित

अनलाइन तहल्का  असोज ६, भक्तपुर ।          सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान

संविधानको मर्ममाथि कसैले प्रहार गरे काङ्ग्रेसलाई मान्य हुदैनः सिंह

अनलाइन तहल्का  असोज ६, विराटनगर ।  नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम