नेकपाका नेता पुनलाई अदालतमा उपस्थित गराउन आदेश

अनलाइन तहल्का 
२६ भदौ, काठमाडौं ।
    नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्य (पीबीएम) ओमप्रकाश पुनलाई भदौ २८ गते उच्च अदालतमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई आदेश दिएको छ । 
बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि न्यायाधीश ऋषिप्रसाद अधिकारीको एकल इजलासले सोमबार सो आदेश दिएको हो । पुनलाई गैरकानूनी रुपमा गिरफ्तार गरी प्रहरी हिरासतमा थुनामा राखेको जनाउँदै रिहा गर्न माग राखेर हरिशंकर प्याकुरेलले उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए ।
रिटमाथिको बहस सकेर सुनुवाई गर्दै न्यायाधीश अधिकारीको इजलासले बन्दी पुनलाई रिहा गर्न किन नपर्ने हो ? सोको लिखित जवाफसहित भदौ २८ बिहान १० बजे उच्च अदालतमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलगायत विपक्षीको नाममा आदेश जारी गरेको हो ।
पुनलाई गत असार १९ गते राति ९ बजे काठमाडौंको लाजिम्पाटबाट सादा पोशाकका प्रहरीले गिरफ्तार गरी बर्दिया, कैलाली हुँदै हाल बाँके जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ । उनीमाथि विष्फोटको अभियोग लगाइएको छ ।
पुनसहित नेकपाका पाँच जना पीबीएमलाई विगत अढाई महिनादेखि देशका विभिन्न जिल्ला प्रहरी कार्यालयको हिरासतमा बन्दी बनाइ राखिएको छ । पीबीएमहरु पदमबहादुर राई ‘विकास’ संखुवासभा, उमा भुजेल ‘शिलु’ नुवाकोट, कृष्णबहादुर धमला ‘गम्भीर’ र मोहनबहादुर कार्की ‘जीवन्त’ दाङ (लैजाँदै) अवस्थामा रहेका छन् ।
 

प्रतिकृया दिनुहोस

मुख्यमन्त्रीले घर बनाउन NGO को पैसा लिएको छैन भन्ने स्पष्टिकरण किन दिए 

अनलाइन तहल्का कार्तिक २८, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा आईएनजिओको

काग्रेसमा यस्तो विवाद, सुजाता निवासमा पौडेल पक्षको भेला

अनलाइन तहल्का  कार्तिक २६, काठमाडु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष धरका नेताको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्डिकाटारमा

अमेरिकाको इतिहासमा, नेपाली मुलका भण्डारी चुनावमा विजयी

२१ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन