संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गर्ने होः मन्त्री मगर

अनलाइन तहल्का 
भाद्र २६, काठमाडौं । 
खानेपानी मन्त्रालयले आधारभुत खानेपानीको पहुचका लागि तय गरिएका योजनाहरु कार्यान्वयन गर्न सक्रियता बढाउने बताएको छ । खानेपानी मन्त्रालयले मंगलबार सात वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र भौतिक सचिवहरु सँग सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय सरकार र प्रदेश सरकार बीच समन्वय गरेर आयोजनाहरु कार्यान्वयन गर्ने बताएको हो ।


कार्यक्रमको अध्यक्षता गर्नु हुँदै खानेपानी मन्त्री बीना मगरले संघ र प्रदेश सरकार बीच कुनै किसिमको अन्यौलता नहुने गरी खानेपानीका आयोजनाहरु अघि बढाईने बताइन् । उनले सन् २०३० सम्म दीगो विकासका लक्ष्यहरु पुरा गर्नु पर्ने जिम्मेवारी सरकारको काँधमा रहेकाले त्यस्तो लक्ष्य हासिल गर्न खानेपानीको क्षेत्रमा धेरै काम गर्नुपर्ने चुनौति रहेको बताए । उनले भनिन् ‘तीन वर्ष भित्र देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन निकै चुनौति छ । तीनै वटै तहका सरकारले विशुद्ध सेवाको रुपमा खानेपानी आपूर्तिलाई लिनु पर्दछ । खानेपानीका आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धी कतिपय ऐन नियमहरु निर्माणको चरणमा छौं । संघ र प्रदेश सरकार मिलेरै यस्ता आयोजनाहरु सञ्चालन गर्नु पर्दछ ।’
खानेपानी मन्त्री बिना मगरले अब छिट्टै नै सात वटै प्रदेशमा कर्मचारीहरुको व्यवस्थापन गरेर आयोजनाहरुलाई द्रुत गतिले अघि बढाईने बताए । खानेपानीका केही महत्वपूर्ण योजनाहरुको सम्भावना खोजी गर्न समेत प्रदेश सरकारलाई उनले आग्रह गरे । कार्यक्रममा सात वटै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुले छिटो भन्दा छिटो आयोजनाहरु कार्यान्वयन गर्न केन्द्रबाट कर्मचारीहरु पठाउन आग्रह गरे । 

कर्मचारीहरु नभएका कारण काम गर्न गाह्रो परेको उनीहरुको भनाई थियो । खानेपानी मन्त्रालयले करिब ४ हजार योजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सिन्डिकेट हटाउन सरकार सक्रियः गृहमन्त्री

म्याग्दी, कात्तिक २८ । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको ‘सिन्डिकेट’ पनि हटाउन सरकार लागिपरेको बताएका छन् ।

पत्रकारको बैठक गुफामा, बार्षिकोत्सव मनाउदै सल्यानको पत्रकार महासंघ

अनलाइन तहल्का कार्तिक २७, सल्यान ।     नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले सल्यानको चाँदनी साततले गुफाको विकास र सरक्षणमा ध्यान पुर्याउन

अन्य चाडपर्व तथा दिवसमा पनि नयाँ नोट साट्न पाइने 

अनलाइन तहल्का  कार्तिक २६, काठमान्डौं ।      दशैं बाहेक अन्य चाडपर्व तथा दिवसमा पनि अब नयाँनोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना