किमले लेखे ट्रम्पलाई अर्को वार्ताका लागि पत्र, पत्रमा के छ त 

अनलाइन तहल्का 
भाद्र २६, काठमाडौं ।
उत्तर कोरियाका नेता किम जोङ उनले सिंगापुरको ऐतिहासिक सम्मेलनको फलो अफ वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन् । ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले प्योङयाङबाट प्राप्त निकै हार्दिकता सहितको पत्रले निशस्त्रीकरण प्रतिको प्रतिबद्धता कायमै रहेको देखिएको बताएकी छन् ।


उनले पत्रको प्राथमिक उद्धेश्य राष्ट्रपति ट्रम्पसंग अर्को वार्ताको अनुरोध रहेको जनाएकी छन् । वार्ताका लागि लागि आफुहरु खुला रहेको र त्यसको समन्वय प्रक्रिया शुरु भैरहेको उनको भनाई छ । तर स्यान्डर्सले नयां वार्ता कहिले र कहां हुन्छ भन्नेबारे भने कुनै सकेत नगरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत जुनमा ट्रम्प र किमबीच सिंगापुरमा भएको ऐतिहासिक वार्ता पछि निशस्त्रीकरणको मुद्धा अवरुद्ध भएको जस्तो देखिएको थियो । यता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले समाचारको स्वागत गर्दै अमेरिका र उत्तर कोरियाले वार्ताको माध्यमबाटै कोरियाली प्रायद्विपको पूर्ण निशस्त्रीकरणको मुद्धा समाधान गर्ने सकिने बताएका छन् । उत्तर कोरियाली नेता किमको पत्र अघि संयुक्त राष्ट्रसंघको आणविक वाचडगका प्रमुखले उत्तर कोरियाले आणविक गतिविधि कायमै राखेर सुरक्षा परिषद्को प्रस्ताव उल्लंघन गरेको आरोप लगाएका थिए । (एजेन्सी)
 

प्रतिकृया दिनुहोस

छोरा छोरी र श्रीमति हत्या दोषीलाई मृत्युदण्ड

संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय

उत्तरपूर्वी बोर्नोमाः १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

अबुजा। सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी

चीनले दियो साँचो तर ब्रुमर आएन  

काठमाडौँ । बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र