साफ च्याम्पियनसिप फुटवलमा नेपाललाई इतिहास रच्ने अवसर

अनलाइन तहल्का 
काठमाडौं, भदौ २६ । 
साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्स विरुद्ध खेल्दैछ । २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा बुधबार दिउँसो ३ः४५ बजे हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो ।
अहिलेसम्म सेमिफाइनल भन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसिपमा नयाँ इतिहास कायम गर्न सफल हुनेछ । पाँचौंपटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि, सन् १९९५, सन् १९९९, सन् २०११ र २०१३ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । नेपाल भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रँदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ ।
नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ ।
साफ च्याम्पियनसिपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो । नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्स विरुद्धको जितविहीन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । ‘धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौं । अब माल्दिभ्स सँग खेल्नुपर्नेछ । माल्दिभ्स राम्रो टोली हो । उनीहरूलाई कमजोर मान्नुहुन्न’–मंगलबार बिहान ढाकामा सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने ।

नेपालले ढाकामामात्र माल्दिभ्सविरुद्ध चार खेल खेलेको छ । जसमा नेपालले एक जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ । माल्दिभ्सविरुद्ध नेपालका पूर्वस्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन् । यस्तै, नवयुग श्रेष्ठको नाममा तीन गोल छ । नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बंगबन्धु गोल्डकप हो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।
 

दोस्रो सेमिफाइलनमा भारत–पाकिस्तान भिड्ने
बुधबारै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वा्धिक सातपटक तथा माल्दिभ्सले एकपटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।
 

प्रतिकृया दिनुहोस

एन्फा सदस्य ४५ जिल्लामा आजबाट तल्लो तहको फुटबल कार्यक्रम सुरु

अनलाइन तहल्का  भाद्र ३०, काठमान्डौं ।      नेपाली फुटबल विकासको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट तल्लो तहबाट फुटबल कार्यक्रम सुरु

एसिया कप क्रिकेट आजबाट सुरु हुँदै 

अनलाइन तहल्का  भाद्र ३०, काठमान्डौं ।  एसिया कप क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुँदैछ । एकदिवसीय फरम्याटको एसिया कपमा एसियाका ६

नेपाली फुटबल टोली स्वदेश फिर्ता 

अनलाइन तहल्का  भाद्र २८, काठमान्डौं ।      बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा पराजित नेपाली राष्ट्रिय टोली