४५ जनाको ज्यान जाने गरि भयो बस दुर्घटना, ५ घाइते 

अनलाइन तहल्का 
भाद्र २६, भारत । तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको प्रहरीले जनाएको छ ।
यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् । घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।
उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्रु लिएर फर्कदै थियो । एएफपी
 

प्रतिकृया दिनुहोस

भिक्टोरिया तालमा डुङ्गा दुर्घटना, ४० बढिको मृत्यु, सयौँ बेपत्ता

अनलाइन तहल्का असोज ५, तान्जानिया । उत्तरी तान्जानियाको भिक्टोरिया तालमा भएको डुङ्गा दुर्घटनामा ४० जना भन्दा बढी यात्रुको ज्यान गएको र सयौँ अरु

२०३२ को ओलम्पिकका लागि उत्तर र दक्षिण कोरिया मिलेर प्रस्ताव हाल्ने

अनलाइन तहल्का असोज ३ काठमान्डौ ।   उत्तर र दक्षिण कोरियाले सन् २०३२ को गृष्मकालीन ओलम्पिक आयोजना गर्न संयुक्त प्रस्ताव गर्ने सहमति गरेका छन् । तीन

पानी जहाज दुर्घटना हुदा दशको मृत्यु, १२६ को उद्धार 

जाकार्ता । इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अरु