सडकका विषयमा जनप्रतिनिधिका विरुद्ध कोटबाराबासी, आज नगरप्रमुखलाइ भेट्दै 

अनलाइन तहल्का 
भाद्र २८, सल्यान । 
    सल्यान कोटबारा टाट्के बाँफुखोला सडक पक्की हुदा जनप्रतिनिधिले घुमाएर आफ्नो गाउँबाट लिन खोजेको भन्दै स्थानिय विरोधमा उत्रेका छन ।
टाट्के खारा, घर्तीगाँउ, कुरिल चौफारीहुदै साविकको बाटोलाई १५ सय मिटर बढि हुनेगरि घुमाउन लागिएको भन्दै विरोध जनाएका हुन । 
    उनिहरुले दिल बहादुर बुढाको संयोजकत्वमा २९ सदस्यीय संघर्ष समिति निर्माण गरेर विरोधमा उत्रेका हुन । समितिको उपसंयोजकमा नेव बहादुर वली  र सचिवमा खड्क खडका रहेका छन । आज उनिहरुले बागचौर नगरपालिकामा नगरप्रमुख समक्ष ज्ञापनपत्र बुझाउने जनाएका छन । 
    दुवै गाउलाई सुविधा दिइरहेको विचमा रहेको बनको बाटो नेताहरुले शक्तीको दुरुपयोग गर्दै आफ्नो घर भएको गाउबाट लिएको उनिहरुको आरोप छ । उनिहरुले नेताको पहुचका आधारमा विकासका पुर्वाधार बनाइएमा जनताले विकासको अनुभुति गर्न नपाउने उनिहरुले बताएका छन । अहिले एउटा गाउकाले जितेमा त्यो गाउबाट लिने अनी अर्को गाउका जितेमा अर्कोतिर लिने भएपछि विकास कसरी सम्भव छ भनेर उनिहरुले प्रश्न गरेका छन । 
    ७ नं वडाअध्यक्ष शेर बहादुर घर्तीले सडक आफ्नै घर्तीगाउ कुरिलबाट लिन खोजेको पैयाचौर, तिर्थेटाकुरा, कोटबारागाउका स्थानियहरुले विरोध जनाएका हुन 
    घर्तीसंगै हारेका तत्कालिन माओवादी केन्द्रका नेता शोभाराम भण्डारी, एमालेबाट वडा सदस्य बनेका ओमकार वली लगायतका स्थानिय नेताहरुले नगरका प्रतिनिधिलाई प्रभावमा पारेको स्थानियको आरोप छ ।
    जनप्रतिनिधिको गाउबाट सडक लिन खोजे बाँफुखोला १५ सय मिटर भन्दा बढि लामो हुने भन्दै यहि बर्ष खनिएको बाटोलाई पक्की बनाउन लाग्दा खर्च पनि बढि लाग्ने, धेरै स्थानमा वाल उठाउनुपर्ने, कल्भर्ट राख्नुपर्ने र मोडहरु पनि बढि हुने भएकाले अहिले उनिहरुलाई सडक मोड्न दिए भविष्यमा बाँफुखोला सम्मका बासिन्दालाई अप्ठेरो हुने उनिहरुले जनाएका छन । 
 

प्रतिकृया दिनुहोस

कर्मचारी ढिलासुस्ती काम गर्छन भन्ने गुनासो भयो हेड नेटवर्कमा

अनलाइन तहल्का  पुस २५, सल्यान ।       सल्यानमा पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको हरप्लेसले जिल्लामा हेड नेटवर्क गठन गरी विभिन्न

शारदाको चौथो नगरसभा सम्पन्न, यस्ता विधेयक पारित भए

भवानी बुढाथोकी, अनलाइन तहल्का  पौष २५, सल्यान ।  सल्यानको सदरमुकाम रहेको नगरपालिका शारदा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । आज बुधवार

मोटरसाइकल दुर्घटनामा एकजनाकाे मृत्यु

अनलइन तहल्का पुस २३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु