जनकल्याणलाई पूर्व विद्यार्थीले विद्यालयलाई दिए वेबसाईट 

अनलाइन तहल्का 
भाद्र २८, सल्यान ।
    सल्यान बागचौर नगरपालिका थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयलाई डिजिटलाइज बनाउन सोहि विद्यालयका पूर्वविद्यार्थीहरुले अग्रसरता लिएका छन । 
    भाद्र २७ गते विद्यालयको ४४ औ वार्षिकोत्सव समारोका विच जनकल्याण पूर्व विद्यार्थी समाजका अध्यक्ष निरज के.सी.ले विद्यालयको वेवसाइट हस्तान्तरण गरेका छन । 
    जिल्लाको नमुना विद्यालयमा पर्ने उक्त विद्यालयको हालसम्म पनि वेवसाइट थिएन । समाजले विद्यालयको शैक्षिक गुणस्तर तथा सिकाई उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यका साथ कामको थालनी गरेको थियो । समितिका सदस्यहरुबाट आर्थिक संकलन गरेर भएपनि विद्यालयको वेवसाइट निर्माण गरिएको हो । 
    कार्यक्रमको वागचौर नगरपालिका प्रमुख लोकमान वुढाथोकीबाट औपचारिक उद्घाटन भएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिती अध्यक्ष भिम प्रकाश भण्डारीले गरेका थिए । 
    कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकी र प्रचार्य पूर्ण बहादुर भण्डारीले जनकल्याण पूर्वविद्यार्थी समाजको खुलेर प्रसंशा गर्नुको साथै आभार समेत प्रकट गरेका थिए । यस्तै कार्यक्रमबाट विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 
    कक्षा १ देखि १२ सम्म पढाइहुने यस विद्यालयमा साधारण र प्राविधिक विषय समेत पढाइ हुने गरेको छ ।  जिल्लाकै उत्कृष्ट विद्यालयहरुमध्ये एक विद्यालयको रुपमा परिचित रहेको उक्त विद्यालयको वेवसाइट निर्माणाट संसार भरिमा www.jkmsts.edu.np को माध्यमबाटविद्यालयको गतिविधिहरुको बारेमा जानकारी लिन सकिने जानकारी समाजका अध्यक्ष निरज के.सी. दिएका छन । 
    यो समाज पूर्वविद्यार्थीहरुलाई यस विद्यालयको शैक्षिक तथा भौतिक सम्पन्नताको लागि जोड्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ । देश विदेशमा रहेका पूर्वविद्यार्थीहरुलाई समेत जोडेर आगामि दिनहरुमा थप विभिन्न कार्यक्रमहरु लिएर आउने अध्यक्ष के.सी.ले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

‘‘..अनि राउटेसित मित लगाएर फर्किएँ

मणिराम शर्मा आँखाको आफ्नै जिन्दगी छ । आँखाको आँखासँग अमर सम्बन्ध छ । मान्छे आँखाले बाहिरको सबै चिज देख्छ । तर हेराईको आँखा बुझाईको आँखा बिल्कुल एउटै

‘जनयुद्ध जारी छ’  काठमाडौं

अनलाइन तहल्का  असोज ६, काठमाडौं ।  स्कुल पढ्दै गरेका एक बालकलाई जनमुक्ति सेनाको शिविरमा ल्याइयो र  नाम सफल राखियो । पढ्दै र बा आमालाई सघाउँदै

साथीकी बैनी (एउटा कथा)

सुरेश बादल ‘के छ बैनी हालखबर ?’ मैले पहिलोपटक च्याटमा सोधेको थिएँ । उसैले च्याटमा ‘वेब’ गरेर बोलाएपछि बोल्नै र्पयो । नत्र सुरुमा आफैँले बोलाउन त