कपुरकोटका चार विद्यालयलाई शिशु कक्षा सञ्चालनको अनुमति 

शंकर केसी अनलाइन तहल्का 
भाद्र २८, सल्यान ।
    सल्यानको कपुरकोट गाउँपालिकाले शिशु कक्षा सञ्चालनका लागि चार विद्यालयलाई अनुमति दिने भएको छ । आज बसेको गाउँ शिक्षा समितिको बैठकले शिशु कक्षा सञ्चालनका लागि माग भई आएका ४ बिद्यालयलाई शिशु कक्षा सञ्चालका लागि अनुमति दिने निर्णय गरेको हो । 
अनुमति पाउनेमा सरस्वती प्रावि गाँडापानी, जनज्योती प्रावि सिमलकुना, सरस्वती प्रावि कालापात्ला र जनचेतना प्रावि रहेका छन् । 
सानै उमेरमा शिक्षामैत्री वातावरणमा हुर्काउँदै लैजाने अवधारणा अनुसार शिशु कक्षाले बालवालिकाको चौतर्फी विकासमा सहयोग गर्ने भएकाले कक्षा सञ्चालनका लागि अनुमति दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज केसीले जानकारी दिए । 
    बैठकले कपुरकोट सामुदायिक सिकाइ केन्द्र ३ र सरस्वती सामुदायिक सिकाइ केन्द्र ५ लाई २०७६ असार मसान्तसम्म नविकरण गर्ने निर्णय पनि गरेको शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिका प्रमुख भीमबहादुर सेनले बताए ।
 

प्रतिकृया दिनुहोस

“अन्धो पति” (दुई मिनेट लाग्छ, अवस्य पढ्नुहोला)

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गरयो‘विवाह पछी दुबैको जिÞन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो । उसले पत्नीलाई धेरै चाहन्थ्यो र

मालिकामा रेखाकी ‘हिरोइन’ जाजरकोटकी कमलाको कथा 

रेखा थापा अचेल ‘हिरोइन’ कम, ‘हिरो’ ज्यादा हुन्।  यसको कारण, उनले फिल्ममा खेल्ने भूमिका होइन। उनले रोजेको फरक बाटो हो। रेखा महिलाकेन्द्रित

दार्मामा परम्परागत नाच, खेलकुद प्रतियोगिता पनि हुने भाले तान्ने देखि रस्सकस्सी

अनिल चन्द, अनलाइन तहल्का सल्यान १८, कार्तिक ।   सल्यानको दार्मा गाउँपालिकामा बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँमा भएका नयाँ खेलाडीलाई हौसला