नेपाली फुटबल टोली स्वदेश फिर्ता 

अनलाइन तहल्का 
भाद्र २८, काठमान्डौं । 
    बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । नेपाली टोली बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । 
    बंगलादेशमा भएको साफको १२औं संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै घर फर्किएको हो । समूह विजेताकारुपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग ३–० को हार व्यहोरेको थियो ।
    समूह चरणमा नेपालले बंगलादेश र भुटानमाथि शानदार जित निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र खेल प्रशंसक नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए । 
 

प्रतिकृया दिनुहोस

एन्फा सदस्य ४५ जिल्लामा आजबाट तल्लो तहको फुटबल कार्यक्रम सुरु

अनलाइन तहल्का  भाद्र ३०, काठमान्डौं ।      नेपाली फुटबल विकासको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट तल्लो तहबाट फुटबल कार्यक्रम सुरु

एसिया कप क्रिकेट आजबाट सुरु हुँदै 

अनलाइन तहल्का  भाद्र ३०, काठमान्डौं ।  एसिया कप क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुँदैछ । एकदिवसीय फरम्याटको एसिया कपमा एसियाका ६

साफ च्याम्पियनसिप फुटवलमा नेपाललाई इतिहास रच्ने अवसर

अनलाइन तहल्का  काठमाडौं, भदौ २६ ।  साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्स विरुद्ध खेल्दैछ