नेपालको श्री ३ सरकार

–शेर बहादुर डाँगी 
अहिले नेपालमा श्री ३ सरकारको व्यवस्था चलिरहेको छ ।

१ केन्द्रिय सरकार
२ प्रादेशिक सरकार
३ स्थानिय सरकार

केन्द्रिय सरकार अस्थिरता र वैदेशिक चलखेल बाट प्रभावित छ, प्रादेशिक सरकार अव्यवस्थित र योजना सुन्यतामा छ र स्थानिय सरकार भ्रस्टचार , सामन्ती र पन्चायती शैलिमा छ जस्को परिणाम देशैभरिको जनतामा नैरास्यता छ । केहि जनप्रती निधिहरु जनताप्रती बफादार भयर काम गरेको पनि देखिन्छ तर समग्रतामा नैरास्यता छ । यस्को बैकल्पिक उपचार के राज सस्था हुन सक्छ ? यो प्रस्न पनि उठेको छ । राजसंस्था अव वैकल्पिक शक्ती हुन सक्दैन किनकी हामी लुगा च्यतियो भने नयाँ लुगा किन्छौ पुरानो लगाउदैनौ । राजसस्था असफल प्रमाणित भएर गएको व्यवस्था हो र यदी फेरी आयो भने पनि कुहिएको गन्ध बाहेक केहि ल्याउनेछैन । 


    मुख्य कुरा व्यवस्था भन्दा पनि हाम्रो मनोवृत्ती हो । अहिले देशैभरिका जनप्रतीनिधिहरु सबै झुपडिमा जन्मेका हुन तर शक्ती र सत्तामा हुँदा उहाँको व्यवहारले प्रष्ट पार्छ की आम मान्छेमा पनि कती सामन्तवाद छ । 
        (मरिचमान सिङ्ग श्रेष्ठ ) गणतान्त्रीक सरकारले सम्मान नगरेको प्रधानमन्त्री, नेपालीप्रधान मन्त्रीको लामो लिस्टमा स्वाभिमानी, निडर र रास्ट्रबादी प्रधान मन्त्री जस्लाई सल्यानी भुमिले जन्मायो । २०४६ साल अगाडी जुन बेला बहुँदलिय व्यवस्था र पन्चायती व्यवस्था विच संगर्स चलिरहेको थियो त्योबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । 
    उहाँ पन्चायतको पक्षमा उभिनु भो र आन्दोलन निस्तेज पार्न लाग्नुभो जुन जनता बिरोधी सावित भयो यो उहाँको ठुलो भुल हो ।
    यसको पछाडी उहाको एक रास्ट्रवादी तर्क अनुकरनिय छ त्यो हो यदी समाज दलियतामा विभाजित भयो भने भाबनात्मक एकता टुट्ने र अन्ततः बैदेसिक चलखेल सुरु हुने र राष्ट्रीयता कमजोर हुनेछ । यो व्यवहार त सान्दर्भिक जस्तो पनि लाग्छ । महाकाली सन्धी लगायत बिभिन्न हस्तक्षेप कारी सन्धी सम्झौता, नेपालामा सरकार निर्माण र विगठन, नेपालको सिमा अतिक्रमन हुनुमा अहिलेको बिभाजित दलिय मनोवृती हो भन्ने प्रमाणित हुँदैछ ।

 

      सामन्तवाद समयको प्रवाह सङ्गै वि.क. सित हुन्छ । हामी एउटा सामन्तवादबाट मुक्त हुनसाथ अर्को सामन्तवाद हावी हुन्छ । नेपालामा अहिले नयाँ सामन्तवाद हावी छ त्यो हो दलिय सामन्तवाद ।

    आम नेपाली जनताको सिरमा कुनै न कुनै दलको ट्याग भिराइएको छ जसले स्वतन्त्र विचार र सिर्जनाबाट मुक्त गराएर एक पवन पुत्र हनुमान जस्तो भक्त हुन विवश पारिएको छ । लोकतन्त्रको अभ्यास चुनाव हुन्छ तर सक्षम व्यक्तिले भोट पाउदैन किनकी जनताले आफ्नो दल भन्दा बाहिरको उम्मेद्वारलाई भोट हाल्ने अधिकार छैन । यदी त्यसो गरेमा कारवाही गर्ने मनोत्रास व्याप्त छ ।

 

    अन्ततः  हाम्रो सिरमा रहेको दलिय सामन्तवादलाई पहिले हटाउ, त्यसपछी स्वतन्त्र भएर देश जनता र समाजको हित हुने कर्म सोचौं, अनि मात्र हाम्रो बिभाजित मानशिकता बाट एकिकृत हुँदै यो श्री ३ सरकार जुन व्यवस्था भन्द पनि प्रवृत्तीले चुनौतिमा छ यस्लाई सहयोग गरौं । यसैमा सबैको हित हुने छ । 

प्रतिकृया दिनुहोस

रिहा भएपछि असलको पहिलो लेख 'राज्य आतङ्क र क्रान्तिकारीको दायित्व'

-चन्द्र वहादुर खड्का (असल) जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जनताले राज्यले अङ्गिकार गर्ने कदमको सचेततापूर्वक प्रतिक्रिया दिन्छन् । राज्यले

विकासका पूर्वाधारहरू खडा गरेका छौँ भन्दै दार्मा अध्यक्ष अरुण भन्छन तिर्न नसक्ने गरि कर बढेको छैन

कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको दार्मा गाउँपालिका प्राकृतिक हिसाबले निकै रमणीय गाउँपालिका हो। प्राकृतिक रूपमा भरिपूर्ण यो गाउँपालिका

पर्यटन प्रवर्धनका क्षेत्रमा काम गर्छौंः मेयर अधिकारी

सल्यान जिल्लाकै पहिलो नगरपालिका शारदा नगरपालिकाले पर्यटन प्रवर्धनका क्षेत्रमा राम्रो कामको सुरुआत गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय