अन्धाधुन्ध कार हाँक्दा ९ जनाको मृत्यु, ४३ घाइते

अनलाइन तहल्का

भाद्र २८ काठमाडौं । चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार हाँक्दा झण्डै एक दर्जन व्यक्तिको मृत्यु भएको छ ।
घटनामा कम्तिमा पनि ९ व्यक्ति मारिएको र ४३ जना घाइते भएको अन्तर्रा्ष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार साँझ पौने आठ बजे बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको थियो ।


स्थानीय संचार माध्यमहरुले त्यसक्रममा केही व्यक्तिहरुमाथि चक्कु प्रहार भएको पनि बताएका छन् ।
सुरक्षा अधिकारीहरुले कार चलाउने व्यक्ति आपराधिक पृष्ठभूमीको रहेको र उसलाई पक्राउ गरिएको जनाएका छन् ।
घटनामा चरमपंथीहरुको संलग्नता रहे या नरहेको बारेमा भने केही खुलाइएको छैन ।(एजेन्सी)
 

प्रतिकृया दिनुहोस

भिक्टोरिया तालमा डुङ्गा दुर्घटना, ४० बढिको मृत्यु, सयौँ बेपत्ता

अनलाइन तहल्का असोज ५, तान्जानिया । उत्तरी तान्जानियाको भिक्टोरिया तालमा भएको डुङ्गा दुर्घटनामा ४० जना भन्दा बढी यात्रुको ज्यान गएको र सयौँ अरु

२०३२ को ओलम्पिकका लागि उत्तर र दक्षिण कोरिया मिलेर प्रस्ताव हाल्ने

अनलाइन तहल्का असोज ३ काठमान्डौ ।   उत्तर र दक्षिण कोरियाले सन् २०३२ को गृष्मकालीन ओलम्पिक आयोजना गर्न संयुक्त प्रस्ताव गर्ने सहमति गरेका छन् । तीन

पानी जहाज दुर्घटना हुदा दशको मृत्यु, १२६ को उद्धार 

जाकार्ता । इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अरु