विकासका लागि सरकार नीजि क्षेत्रसंग सहकार्य गर्छः प्रजिअ ढकाल

अनलाइन तहल्का 
भाद्र २९, सल्यान । 
प्रमुख जिल्ला अधिकारी कमलराज ढकाले विकासमा नीजि क्षेत्र सहकार्यलाई सरकारले अघि सारेको वताएका छन । कम्प्युटर एशोशियस महासंघ (क्यान) जिल्ला शाखा सल्यानको पाँचौ साधारण सभाको उद्घाटनमा उनले सरकारी कामलाई डिजिटलाईट गर्न विभिन्न कार्यक्रम सुरु र यसमा नीजि क्षेत्रको सहयोग भैरहेको बताएका हुन । 
    कार्यक्रममा प्रजिअ ढकालले कर्णाली प्रदेश सरकारले प्रेस लेसको अभ्यास सुरु गरेको छ र समयक्रम संगै सबै क्षेत्रमा यसको लागु हुने भन्दै सरकारले ल्याउने नीति र कार्यक्रम लागु गर्न सबैको सहयोग आवश्यक भएकोे बताएका छन ।


कमप्युटर एशोशियस महासंघ (क्यान) का केन्द्रीय सदस्य भुपेन्द्र सिह वलीले देश विकास गर्न प्रविधिको विकास र उपयोग विना सम्भव नभएको भन्दै विकशित मुलुकहरुले प्रविधिको आविश्कार र प्रयोगले मात्र उन्नती र प्रगती गरेको कुरा औल्याएका थिए । सूचना प्रवीधिको विकास संगै हुने फाईदा र वेफाईदाबारे सचेत रहदै विकासका क्षेत्रमा प्रवीधिको अधिकतम प्रयोग गर्नु आवश्यक छ भन्दै ओलीले भन स्थानीय तहका सरकार संग नीजि क्षेत्र सहकार्य गरेर अघि वढ्न चाहान्छ ।
    कार्यक्रममा सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र वहादुर शाही, क्यानका कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, सल्यान उद्योगवाणिज्य संघका महासचिव भरत वस्नेत लगायतले साधारण सभा सफलताको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा क्यान सल्यानका संस्थापक अध्यक्ष तेजेन्द्र कुमार चन्द र पुर्व अध्यक्ष भुपेन्द्र सिंह वलीलाई सम्मान गरिएको छ । 
    कोषाध्यक्ष मित्रलाल सुनारको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको अध्यक्ष जिल्ला शाखा अध्यक्ष भीम मल्ल र सञ्चालन सचिव डम्वर शाहीले गरेका थिए । 
साधारण सभाको बन्द सत्रमा एक वर्ष सम्म भएका कार्यक्रमको समिक्षा गरिएको र अवका नयाँ कार्यक्रम तय गरिएको अध्यक्ष भीम मल्लले वताए । उनले बार्षिक कार्य प्रगती विवरणका सहित आगामी कार्यका सन्दर्भमा साइवर सेकुरी आजको चुनौती र स्मार्ट सिटीको अवधारणा विषयक एक दिने कार्यशाला गरिने उनले जनाए । कार्यशालाको बारेमा मिति तय नभएको भन्दै उनले स्थानिय निकायसंग सहकार्य गरेर जाने बताएका छन ।
 

प्रतिकृया दिनुहोस

नेपालमै मुसा मार्न प्रशासन गुहार

पर्वत, कात्तिक २८ । पर्वतको कुश्मा नगरपालिका–११, सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका

बाँकेमा आलु उत्पादन राम्रो

अनलाइन तहल्का  कार्तिक २७, नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको

नेपाल खाद्य संस्थानको चामल बिक्री हुन सकेन

   धनगढी। खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको