एक महिनापछि पहिचान खुलेका यी व्यक्ती को हुन ? जानकारीका लागि सेयर गरौं ।

अनलाइन तहल्का 
भदौ २९, सल्यान ।
सल्यानको शारदा नदिमा एक महिलान अघि बग्दाबग्दै उद्धार गरिएका बृद्ध ब्यक्तीको पहिचान खुलेको छ ।
गत साउन २८ गते जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित शारदा नदिमा बग्दै गरेका बृद्धको स्थानियले उद्धार गरेर पछि खलंगाको अल्पकालिन सुरक्षित आवास गृह सल्यान राखिएको थियो । बोल्न नसक्ने, दायाँ हातको हत्केला नचल्ने लगाएतका समस्या उनीमा भएपछि उनको नाम, घर, आफन्त खोज्न प्रहरी, प्रशासन तथा आवास गृहलाई समस्या भएको थियो ।
आवास गृहमा राखेको झण्डै महिना दिन पुगीसक्दा पनि आफन्त पत्ता नलागेपछि कर्णाली प्रदेश अन्र्तगत सामाजिक बिकास मन्त्रालयको समन्वयमा सुर्खेत स्थित प्रशान्ती बृद्धाश्रममा पठाउने उनलाई तयारी गरिएको थियो । तर रुकुमको त्रिबेणी गाउपालिका १ दमाईटोलबाट मिना परियार आएर आवास गृहमा बस्दै आएका उनी आफ्नो ससुरा भएको बताएपछि जिल्ला प्रहरी कार्यालय सल्यानले ती बृद्धलाई मिनाको जिम्मा लगाएको छ ।
मिना परियारले ती बृद्धको नाम पराजित दमाई भएको बताईन् । सल्यान प्रहरी र रुकुम प्रहरीको सहकार्यमा ती बृद्धको आफन्ती पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव निरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए ।
विपतमा परेका असक्त, अपांग, तथा कसैको आश्रयमा बस्नुपर्नेहरुका लागि सल्यान खलंगामा रेस नेपालले सुरक्षीत आवास गृह संचालनमा ल्याएको छ । गृहले विपतमा परेकालाई आवास दिनुका साथै हिंसामा परेका व्यक्तीलाई कानुनी परामर्श दिने गरेको संस्थाका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिएका छन । 
 

प्रतिकृया दिनुहोस

विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी ..पूरा हेरि शेयर गरौ

स्याङ्जा — आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए ।

जर्नादन शर्मा बने राणा खलकको सम्धी  

पुष १० ।  नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ । उनकी छोरी कविता शर्माले

जिशिकाको वेवसाइटमा खुल्छ नगरपालिका

जाजरकोट, ८ पुस । जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो