सल्यानको चामीमा गाउँमै खानेपानी पुगेपछि स्थानीयहरु खुशी

अनलाइन तहल्का
भदौ २९, सल्यान ।
सल्यानको छत्रेश्वरी १ चामीमा खानेपानी पुगेपछि स्थानिय खुशी भएका छन् ।
रोल्पा सँग सिमाना जोडिएको उक्त गाउँमा  व्यवस्थित खानेपानी नहुँदा नागरिकले समस्या झेल्दै आएका थिए । गाउँको माथिल्लो भागमा रहेका नागरिकहरु खानेपानीको लागि समस्या झेर्दै आएका थिए । 

    १८ सय मिटरको मुख्य पाइप र २६ सय मिटरको वितरण पाइप गरि हाँसेकाटे वन बाट खानेपानी ल्याएपछि अहिले चामी गाउँका १८ घरधुरीका ११५ जना भन्दा बढि उपभोक्ता लाभान्वित भएको मागे खानेपानी आयोजनाका अध्यक्ष खिमलाल केसीले बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानबाट ११ लाख ७४ हजार ३ सय ४५ अनुदान र १४ लाख ४३ हजार ८ सय ७८ जनश्रमदान गरी कुल २६ लाख १८ हजार २ सय २३ को लागतमा खानेपानी गाउँमा पु¥याइएको हो ।

आफुहरुको बसोबास गाउँ माथिल्लो भागमा भएको र खानेपानीको मुहान टाढा भएकाले पहिला पानीको लागी घण्टौ समय खर्चनु परेको आयोजनाका मर्मत सुधार समितीका अध्यक्ष पुर्ण बहादुर ओली (पोष्तक) ले बताए । उनले भने –“पहिले पानीको लागी साह्रै दुख थियो, तर अहिले सरकारले योजना दिएपछि सहज भएको छ ।” उनले आयोजना दिएकोमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानलाई धन्यवाद समेत दिएका छन् ।

    त्यस्तै अर्का स्थानीय तुल्सीराम डाँगीले पनि पहिले घण्टौँ समय लगाएर खानेपानी बोक्नुपरेको दुख व्यक्त गरे । अब घरमै पानीको धारा पुगेपछि समयको बचत हुने उनले बताए । रोल्पा सँग सिमाना जोडिएको यो ठाउँमा पहिले रोल्पाले कुनै सहयोग नगरेको भन्दै उनिहरुले अहिले सबै सल्यानले सहयोग गरेको बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड जाँदै

अनलाइन तहल्का  कार्तिक २८, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्रसंघले

उच्च अदालत छत्रेश्वरी गाउँपालिकाको पक्षमा 

अनलाइन तहल्का कार्तिक २७, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका विरुद्व परेको मुद्दा उच्च अदालत सुर्खेतले फैसला गरेको छ । शिक्षक सरुवाको विषयलाई

आज छठ पूजाको दोस्रो दिन ‘खरना’, तराईमा यस्तो हुन्छ 

अनलाइन तहल्का  कार्तिक २६, काठमान्डौं ।  चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको आज दोस्रो दिन व्रतालुको घरघरमा साँझ ‘खरना’पूजागरि