सरकारको ६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो भयो भने गृहमन्त्रीले

अनलाइन तहल्का 
भदौ २९, काठमाडौं । 
गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।
संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे ।
शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले ६ महिने कार्यकाल राम्रो भएको दाबी गरे । उनले भने, ‘सरकारको निश्कर्ष छ महिनाको कालखण्डमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण छ महिनामा सबैभन्दा राम्रो भएको छ ।’
गुण्डागर्दी निस्तेज, तस्करका सञ्जाल ध्वस्त पार्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने काम भएको भन्दै गृहमन्त्री बादलले भने, ‘यो ६ महिनामा जति हत्या, बलात्कारका घटना भएका छन्, यो भन्दा अगाडिका कार्यकालमा बढी भएको छ ।’
 

प्रतिकृया दिनुहोस

मुख्यमन्त्रीले घर बनाउन NGO को पैसा लिएको छैन भन्ने स्पष्टिकरण किन दिए 

अनलाइन तहल्का कार्तिक २८, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा आईएनजिओको

काग्रेसमा यस्तो विवाद, सुजाता निवासमा पौडेल पक्षको भेला

अनलाइन तहल्का  कार्तिक २६, काठमाडु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष धरका नेताको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्डिकाटारमा

अमेरिकाको इतिहासमा, नेपाली मुलका भण्डारी चुनावमा विजयी

२१ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन