अब डाक्टरले क्षतिपूर्ती दिनु नपर्ने गरि जनस्वास्थ्य विधेयक पारित (पूर्णपाठसहित)

अनलाइन तहल्का 
भाद्र २९ काठमाडौं ।

‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।
विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए । यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
छलफलमा सांसद प्रेम सुवालले मात्र भाग लिए । विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उनले गुनासो गरे ।

सांसदका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको बताए । रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उनको भनाइ थियो । बैठकले विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

https://drive.google.com/file/d/1tm31yh49fRiauzUll5Mf0v663NDIZ7G-/view

प्रतिकृया दिनुहोस

खानेपानी मन्त्री अस्पताल निरीक्षणमा

अनलाइन तहल्का असोज ५, काठमाडौं । खानेपानी मन्त्री विना मगरले एकाविहानै काठमाडौंको वीर अस्पताल निरीक्षण गरेकी छन् । अस्पतालको व्यवस्थापन असाध्यै

राँगा भनेर भैँसीको मासु बेच्ने पसललाई बिक्रीमा प्रतिबन्ध

अनलाइन तहल्का  असोज ५, काठमाडौँ ।  सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु  बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्थलगत

मौसमी रुघाखोकीका ६ लक्षण र ११ बच्ने उपाय

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन् । यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ । वर्षा