दशैंमा मन्दिरभित्रै पूजा गर्न पाइने गरि मनकामना पुनर्निर्माण सकियो

अनलाइन तहल्का 
भदौ २९, गोरखा । 

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुननिर्माण सकिएको छ ।
मूल मन्दिरको संरचना पुननिर्माणको काम सकिएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ । ‘स्टक्चरको काम सकियो’ समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘आँगनमा ढुङ्गा छाप्ने र रिटेनिङ वाल लगाउने काम बाँकी छ ।’
मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउन पूरातत्व विभागले स्टिमेट गरिरहेको उनले बताए । ‘आगँनमा छाप्ने ढुङ्गा नुवाकोट बाट ल्याउने निर्णय भइसकेको छ भोलिदेखि ढुङ्गा ल्याएर छाप्ने काम शुरु गर्छाै,’ श्रेष्ठले भने ।
मन्दिरको संरचना पुननिर्माणका लागि १३ करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ । ‘सुन मात्र १८ किलो लाग्यो, त्यसकै लागि करिव दश करोड रकम खर्च भयो,’ उनले भने । मन्दिर जीर्णोद्धारका लागि पुरातत्व बिभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो । मन्दिर पुननिर्माणका लागि भक्तजनबाटै करिब दश करोड रकम संकलन भएको थियो ।
दशैंसम्ममा भक्तजनले मन्दिरभित्रै पूजा गर्न पाउने श्रेष्ठले बताए । अहिले मन्दिर नजिकै अस्थायी टहरा बनाएर भक्तजनलाइ पुजाआजाको व्यवस्था मिलाइएको छ । भूकम्प अघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुननिर्माण थालिएको हो । रकम बाँकी रहे मन्दिरको पुर्वतिर धर्मशाला बनाउने योजना समितिको छ ।
 

प्रतिकृया दिनुहोस

३२ वर्षको उमेरमा सुत्न गइन्, उठ्दा भइन् १५ वर्ष

मिरयम मारुफ, बीबीसी एक बिहान नाओमी ज्याकब्स उठिन् तर आफू को हो उनलाई केही थाहा भएन ।  सन् २००८ को अप्रिलमा ब्रिटेनको शहर म्यान्चेस्टरमा एक सानो घरमा

एक इन्जिनियर यसरी बने पुरुष यौनकर्मी

बीबीसी ‘तिमीलाई थाहा छ, तिमी कहाँ उभिएको छौ । यहाँ शरिरको मोल मोलाई हुन्छ ।’ म अर्थात् एक पुरुष, निलो, गुलाबी बल्ब राखिएको यो कोठामा आफूलाई बेच्नका

मृतकको शव बुझ्न १३ दिन किन लाग्यो आफन्तलाइ

लक्ष्मण विश्वकर्मा, अनलाइन तहल्का  असोज ८, दाङ,     करेन्ट लागेर मुत्यु भएका दाङको तुलसीपुर ८ कट्कुईया निवासी १६ वर्षीय कपिलराज डाँगीको शव