अमेरिकाको पूर्वी तटीय क्षेत्रमा फ्लोरेन्स आँधीको प्रहार

अनलाइन तहल्का 
भाद्र २९, काठमान्डौं । 
    फ्लोरेन्स नाम गरेको ठूलो समुद्री आँधी अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सक्रिय भएपछि हावाहुरी तीव्र भएका विवरण प्राप्त भएका छन् । त्यो आँधीले नर्थ क्यारोलाइना र साउथ क्यारोलाइना क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने भविष्यवाणी गरिएको छ ।
आँधी सुरु भएपछि नर्थ क्यारोलाइना राज्यका एक हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ। आँधीको मुख जमिनतिर नजिकिँदै गर्दा त्यो केही कमजोर हुन थालेको बताइएको छ । अहिले आँधी १५० किलोमिटर प्रति घन्टाको गतिमा अघि बढिरहेको छ ।
अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार आँधीका कारण हावाहुरी चल्ने र ठूलो वर्षा हुने क्रम छिट्टै अझै तीव्र हुन सक्छ । त्यसले त्यस क्षेत्रमा धनजनको क्षति हुन सक्ने चिन्ता बढेको छ ।
आँधीको प्रभाव समुद्र तटीय क्षेत्रबाट क्रमशस् भित्री भूभागमा पर्न सक्ने भविष्यवाणी गरिएको छ । सरकारी निर्देशनको पालना गर्दै त्यस क्षेत्रका लाखौँ मानिसहरू सुरक्षित स्थानमा सरेका छन् । बीबीसी
 

प्रतिकृया दिनुहोस

छोरा छोरी र श्रीमति हत्या दोषीलाई मृत्युदण्ड

संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय

उत्तरपूर्वी बोर्नोमाः १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

अबुजा। सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी

चीनले दियो साँचो तर ब्रुमर आएन  

काठमाडौँ । बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र