सल्यानमा राष्ट्रिय बाल दिवस, कसरी मनाइयो त ?  

अनलाइन तहल्का 
भाद्र २९, सल्यान । 
आज राष्ट्रिय बाल दिवस, सल्यानमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । सुखि नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने नारा सहित बिभिन्न संघ सस्थाको आयोजनामा राष्ट्रिय बाल दिवस मनाईएको हो । 
    खलंगामा जिल्ला बाल कल्याण समिति सल्यानको आयोजना तथा दलित विकास समाज सल्यान, ओरेक नेपाल, नेपाल बाल सगंठन सल्यान र हरप्लेस सल्यानको सहकार्यमासदरमुकाम बसपार्कबाट शुरु गरिएको ¥याली बजारपरिक्रमा पछि बालमन्दीरमा पुगेर औपचारीक  कार्यक्रममा परिणत भएको थियो ।
दिवसका अवसरमा ‘सुखि नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने बिषयमा वतृत्वकला प्रतियोगीता भएको छ । वतृत्वकलामामा शिवजन मावि शितलपाटीका छात्रा बन्धना बिक प्रथम, त्रिजमाबि लुहापिङका छात्र बिशाल पुन दोस्रो, छात्र मोहन सुनार तेस्रो र छात्रा सपना केसीले सान्त्वना स्थान स्थान हासिल गरेका छन ।  उनिहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । 
    जिल्ला बाल कल्याण समिति सल्यान अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शारदा गरपालीकाका उपप्रमुख साबित्रा बस्नेको प्रमुख आथित्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै बस्नेतले बालबालिकाको संरक्षणमा सबै मिलेर जुटने भन्दै  बालबालिका सम्बन्धी धेरै नीति आए पनि अझै कार्यन्वयन हुन नककेकाले यसमा सरकार गम्भीर हुनु पर्ने बताइन । उनले भनिन–‘बालबालीकाको क्षमता अभिबृद्धी गर्नको लागी हामी सबैले ध्यान दिन जरुरी छ, ठुलो मान्छेलाई बालबालीकालाई सम्मान गर्दा उनिहरुको मनोबल बढछ, उनिहरुलाई सबै भन्दा सस्कारको खाचो रहेकालाई अभिभावक बाटै सस्कार सिकाउन सुरुवात गर्नुपर्छ ।’ 
    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बालबालिकाको सबैभन्दा ठुलो अधिकार शिक्षा, स्वास्थ्य भएकाले यसमा सबैले बिशेष ध्यान दिनुपर्ने बताए । उनले भने – ‘जोखिममा परेका बालबालीकालाई सरकारले उपचार गर्ने गरेको छ, उनिहरुको सुरक्षित तरीकाले बाच्न पाउने अधिकार भएकाले सबैले ध्यान दिन जरुरी रहेको छ ।’ बालबालीकाको अधिकार कर्तब्यका कुरालाई आत्मासाथ गर्दै सबैजना बालमैन्त्री क्षेत्र घोषना गर्नमा लाग्नु पर्ने उनले बताए । 
    ओरेक नेपाल सल्यानका संयोजक अशोक चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाही, जिल्ला बाल संगठनका सदस्य अनिल भण्डारी, हरप्लेस सल्यानका संयोजक रामचन्द्र रेग्मी लगातका बोलेका थिए । कार्यक्रमको सन्चालन नबिन हमालले गरेका थिए ।
त्यस्तै शारदा नगरपालिका १३ लेखटाकुरामा रहेको श्रृजनशिल प्राथमिक विद्यालयमा पनि दिवसको अवसरमा विभिन्न प्रतियोगिताहरु भएका छन । 
प्रतियोगिताहरुमा लोक गीत, गीती अन्ताक्षेरी, चकलेट दौड, एकल नृत्य, कविता कार्यक्रमहरु भएका हुन ।
मानबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा विजेता सबैलाई एल वि पुस्तक एण्ड विद्युत पसल शानपा १३ स्यानीखालका संचालक एल वि रोकाले पुरस्कारको व्यवस्था गरेका थिए । 
झक्कु प्रसाद ओलीको सहजिकरणमा भएको कार्यक्रमको संचालन शिक्षक भुपेन्द्र विकले गरेका थिए । 
सल्यानका विभिन्न स्थानमा बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । उता छत्रेश्वरी गाउँपालिकाको शारदा माबी शंखमुलमा बालदिवसको अबसर पारेर रुम टु रिड र दलित बिकास समाज सल्यानको सहयोग तथा छत्रेश्वरी गाउँपालिकाको समन्वयमा बिद्यालय पुस्तकालय उदघाटन गरिएको परियोजनामा कार्यरत टेकराज शाहीले जानकारी दिएका छन । विशेषगरि सल्यानमा संचालित परियोजना रुम टु रिडले पुस्तकालय निर्माणका लागि विद्यालय तहमा आज पनि विभिन्न कार्यक्रम गरेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

‘‘..अनि राउटेसित मित लगाएर फर्किएँ

मणिराम शर्मा आँखाको आफ्नै जिन्दगी छ । आँखाको आँखासँग अमर सम्बन्ध छ । मान्छे आँखाले बाहिरको सबै चिज देख्छ । तर हेराईको आँखा बुझाईको आँखा बिल्कुल एउटै

‘जनयुद्ध जारी छ’  काठमाडौं

अनलाइन तहल्का  असोज ६, काठमाडौं ।  स्कुल पढ्दै गरेका एक बालकलाई जनमुक्ति सेनाको शिविरमा ल्याइयो र  नाम सफल राखियो । पढ्दै र बा आमालाई सघाउँदै

साथीकी बैनी (एउटा कथा)

सुरेश बादल ‘के छ बैनी हालखबर ?’ मैले पहिलोपटक च्याटमा सोधेको थिएँ । उसैले च्याटमा ‘वेब’ गरेर बोलाएपछि बोल्नै र्पयो । नत्र सुरुमा आफैँले बोलाउन त