सल्यानमा शतप्रतिशत बालबालिका बिद्यालय पहुँचमा

अनलाइन तहल्का
भाद्र २९, सल्यान । 
    सल्यानका शतप्रतिशत बालबालिका बिद्यालय पहुँचमा रहेको पाईएको छ  । सरकारले बिद्यार्थी भर्नालाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गरेपछि जिल्लाका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा आएको पाईएको  हो । 
    अहिले जिल्लाका विद्यालय उमेर समुहका शतप्रतिशत बालबालिका विद्यालय पहुँचमा रहेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लिलाधर बबालले बताए । उनले बालविकास देखी कक्षा १० सम्ममा गरेर जिल्ला भरी ५८ हजार ८ सय ६९ जना विद्यालयमा भर्ना भएको बताए । उनले आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने परिवारका अभिभावकलाई शिक्षाको महत्व बुझाएर बालबालिकालाई भर्ना गरिएको बताए । 
    जिल्लाका दशवटै स्थानिय तहहरुले आफ्नो क्षेत्र भित्रका बालबालिका कुुनै पनि विद्यालय पहुँच बाहिर नभएको जानकारी दिएका छन् । प्रत्येक स्थानिय तहमा भएका बालबालीकालाई विद्यालयमा ल्याउने पहल गरिसकेकाले भाद्र ३१ सम्म स्थानीय तहमा कुनै पनि बालबालीका बिद्यालय बाहीर नरहेको भनि घोषणा गर्ने बताए ।
 

प्रतिकृया दिनुहोस

सल्यानको बागचौरमा छबिकिरण अधिकारीले गरे एकल रचना बाचन

पुष्पा रिजन डि.सी., अनलाइन तहल्का  कार्तिक ३०, सल्यान ।  सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन

शिक्षकहरू यस कारण मर्कामा परे भन्छन शिक्षक नेता निम बहादुर केसी

अनलाइन तहल्का  कार्तिक ३०, सल्यान  एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव निम बहादुर केसीले सबैतिर भएको नवउदारवाद, निजिकरण,

“अन्धो पति” (दुई मिनेट लाग्छ, अवस्य पढ्नुहोला)

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गरयो‘विवाह पछी दुबैको जिÞन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो । उसले पत्नीलाई धेरै चाहन्थ्यो र