निर्मलाका बाबु–आमालाई काठमान्डौमा चियो बसेर दुःख दिँदैछ प्रहरी

अनलाइन तहल्का 
भदौ २९, काठमाडौं । 
छोरीको बलात्कारपछि हत्या भएसँगै अनुसन्धानमा प्रहरीले देखाएको रबैयाबाट असन्तुष्ट निर्मला पन्तका बाबुआमा अहिले राजधानी काठमाडौंमा छन् । यहाँ आएपछि न्याय पाइन्छ कि भन्ने उनीहरुको आश छ । तर, काठमाडौं आएदेखि नै सादा पोसाकका प्रहरीले आफूहरुको पिछा गरेर अनावश्यक दुःख दिएको आरोप उनीहरुले लगाएका छन् ।
हुन त घटना घटेलगत्तै निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई प्रहरीको रबैया मन परेको थिएन । स्थानीय प्रहरी प्रशासनले आफूहरुलाई अनेक धम्की दिएको गुनासो उनीहरुले गर्दै आएका थिए । देशैभर निर्मलाले न्याय पाउनुपर्छ भन्ने आवाज उठ्यो । जिल्लावासीले अभूतपूर्व सक्रियता र साथ दिए । तर, अपराधी पत्ता लागेन ।
काठमाडौं गएपछि न्याय पाइन्छ कि भनेर उनीहरु अहिले यहाँ सरोकारवालाहरुसँग हारगुहार गरिरहेका छन् । तर, प्रहरीले आफूहरुप्रति गरेको व्यवहारले उनीहरु रुस्ट भएका छन् ।
निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीले आफूहरु बसेको होटल, हिँडेको गल्लीलगायतका स्थानमा सादा पोसाकका प्रहरीले खानतलासी लिने र तस्वीर खिच्ने गरिरहेको बताएका छन् ।
सादा पोसाकका प्रहरीको यो कार्यले आफूहरु आतंकित भएको उनीहरुको भनाइ छ । यज्ञराज र दुर्गादेवी कन्चनपुरका ९ जना महिला अधिकारकर्मीको साथमा काठमाडौं आएका हुन् ।
महिला अधिकारकर्मी शारदा चन्द आफूहरु काठमाडौं झरेदेखि नै नचिनेका व्यक्तिहरुले चियोचर्चाे गरिरहेको, सादा पोसाकका प्रहरी आफूहरु बसेको गेस्टहाउसमै आएर खानतलासी लिन थालेको दाबी गर्छिन् ।
‘किन प्रहरी हाम्रो पछि लागिरहेको छ ? प्रहरीले घटनास्थलमा गएर अपराधी पत्ता लगाउने कि न्यायको लडाइँमा आएका हामीहरुलाई आतंकित पार्ने ?’–चन्द प्रश्न गर्छिन् ।
न्याय माग्न आएका पीडितहरुलाई त्रास देखाइ, मानसिक तनाव दिइ राजधानीबाट लखेट्ने षड्यन्त्र भइरहेको चन्दको गुनासो छ ।
इमेजबाट

प्रतिकृया दिनुहोस

३२ वर्षको उमेरमा सुत्न गइन्, उठ्दा भइन् १५ वर्ष

मिरयम मारुफ, बीबीसी एक बिहान नाओमी ज्याकब्स उठिन् तर आफू को हो उनलाई केही थाहा भएन ।  सन् २००८ को अप्रिलमा ब्रिटेनको शहर म्यान्चेस्टरमा एक सानो घरमा

एक इन्जिनियर यसरी बने पुरुष यौनकर्मी

बीबीसी ‘तिमीलाई थाहा छ, तिमी कहाँ उभिएको छौ । यहाँ शरिरको मोल मोलाई हुन्छ ।’ म अर्थात् एक पुरुष, निलो, गुलाबी बल्ब राखिएको यो कोठामा आफूलाई बेच्नका

मृतकको शव बुझ्न १३ दिन किन लाग्यो आफन्तलाइ

लक्ष्मण विश्वकर्मा, अनलाइन तहल्का  असोज ८, दाङ,     करेन्ट लागेर मुत्यु भएका दाङको तुलसीपुर ८ कट्कुईया निवासी १६ वर्षीय कपिलराज डाँगीको शव